Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

धनुषामा झड़प : दर्जन बढ़ी घाइते , दर्जनों राउंड अश्रुग्यास प्रहार

प्रतिक्षा खबर
२०८१ चैत्र १७, आईतवार १५:००

जनकपुरधाम बिन्धिकाे अंशु यादबकाे हत्याराहरु पक्राउ नगरेकाेले स्थानियहरु प्रशासन बिरुद्ध प्रदर्शन गर्दै।

धनुषा र महोत्तरी जोड्ने जनकपुर जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

होली खेल्‍ने क्रममा छुरा प्रहारबाट मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीका १९ वर्षिया आँशुका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्ड पूर्ण रुपमा ठप्प पारेका छन् ।

आईतबार (आज) विहान ७ बजेदेखि मुख्य सडक घेरेर उनीहरुले आवत जावत ठप्प बनाएका छन् । गत बुधबार पनि उनीहरुले सडक अवरुद्ध गरेका थिए । सो दिन जिल्ला प्रहरी कार्यालय धनुषाले हत्यामा संलग्न रहेको भनिएका अन्य अभियुक्तलाई समात्ने प्रतिवद्धता जाहेर गरेका थिए । तर चार दिन बितिसक्दा पनि कोही पक्राउ नपरेको भन्दै पुनः आजबाट मृतक आँशुकी आमा र गाउँवासीहरु अनिश्चितकालिन सडक अवरुद्ध र धर्नामा बसेका छन् ।

चैत्र २ गत्ते शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुमाथि छुरा प्रहार गरेका थिए । छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आँशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो। प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो । तर आँशुको परिवारजनले अन्य व्यक्तिको संलग्ता रहेको भन्दै उनीहरुलाई पनि हिरासतमा लिन आवाज उठाइरहेका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले आँशुको हत्याको अनुसन्धान जारी नै रहेकोले आँशुको परिवारजनलाई धैर्य राख्न आश्वासन दिँदै आएको छ । घटनामा संलग्न कोही पनि नउम्किने जिल्ला प्रहरी कार्यालय धनुषाको दाबी रहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर