
सुजीतकुमार झा
जनकपुरधाम ।
मधेश प्रदेशका दूईजना मुस्लिम सांसद बिचको लडाइ अब संसद र संसद बाहिर पनि देख्न थालिएको छ । सांसद जैनुल राइनले सांसद नुरुन नेशाका पतिले १५ प्रतिशत कमिशन मांगेको आरोप लगाएको दूई दिन नबित्दै सांसद नेशाले चेतावनी दिदै भनिन् –जैनुल राइनलाई जुत्ताले हान्छु !
मोडेल खबरसँग कुरो गर्दै उनले भनिन् – मेरो पति १५ प्रतिशत मन्त्रालयको लागि माँगि रहेको छ त्यसको प्रमाण दिनुस नत्र म चुप लाग्दिन । जैनुलले समाजमा छबी खराब गर्न मेरो बिरुद्ध षडयन्त्र गरेको समेत आरोप लगाइन ।
नुरुनका पति जमिल अख्तर शेषले रौजा बजारमा भइरहेको कामकाजको छानबीनको माँग गरेका छन् । रौजा बजारका अध्यक्ष सांसद जैनुलका नातेदार छन् उहाँसँग मिलेर सांसदले अनियमितता गरेको उहाँले आरोप लगाउनु भयो ।
सांसद दम्पतिले सांसद जैनुलमाथि आधा दर्जन आरोप लगाउनु भएको छ । यो विवाद सभामुख कहाँ समेत पुगेका छन् ।






































































































