रामगोपाल ,रामगोपालपुर नगरपालिका–८ टिकुलिया चोकमा योजना सञ्चालनको विषयलाई लिएर तनाव उत्पन्न भएको छ।
टिकुलिया बजारदेखि सहसौला जोड्ने सडक स्तरोन्नति योजनाका लागि मधेस प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

सोही योजनाको शिलान्यास गर्न भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादव आउन लाग्दा नेकपा माओवादी केन्द्र समर्थित कार्यकर्ताहरूले अवरोध गर्ने तयारी गरेका थिए, जसका कारण अवस्था तनावग्रस्त बन्न पुग्यो।माओवादी केन्द्रका मधेस प्रदेश संसदीय दलका नेता भरत साह अर्थमन्त्री हुँदा उक्त योजना पारित भएकाले आफूहरूले सञ्चालनको जिम्मेवारी पाउनुपर्ने उनीहरूको माग छ।

तर,मन्त्री यादवले वडाबाट समिति नबनाई सिधै पालिकाबाट उपभोक्ता समिति गठन गराएर योजना सञ्चालन गर्न लागेको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएका छन्।योजनाको शिलान्यासपछि मन्त्री यादव प्रहरीको सुरक्षा घेराबीच फर्किएका छन्।






