Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

महोत्तरीको एकडारामा एचभिपी खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०८१ माघ २२, मंगलवार २३:००

गोपाल झा

महोत्तरी, माघ २२ गते

महोत्तरीको एकडारा गाँउपालिकामा आज मंगलबार एकडारा स्वास्थ्य चौकीको सभाहलमा स्वास्थ्य शाखाको खोप समन्वय समितीले आयोजना गरेको पालिका स्तरीय एचभिपी  (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान २०८१ अन्तर्गत एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

एकडारा गाँउपालिका अध्यक्ष दिपनारायन मण्डलको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा छौ वटै वडाका वडाध्यक्षहरू, स्वास्थ्य शाखाका स्वास्थ्य संयोयक सहित पदाधिकारीहरू, पत्रकारहरू , सुरक्षा निकायका पदाधिकारीहरु तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

         कार्यक्रममा सहभागीहरूलाई स्वास्थ्य शाखाका स्वास्थ्य संयोयक महेन्द्र मण्डलले एचभिपी  खोपको महत्व, प्रभावकारिता, र कार्यान्वयन प्रक्रिया सम्बन्धी जानकारी गराएका थिए । उहाँले अभियान तथा नियमित खोप शुरुवात गर्नको लागि पालिका खोप समन्वय समितीले कार्यक्रममा पाठेघरको मुखको क्यान्सर,रोग सर्ने माध्यम, लक्षण तथा चिन्हहरु, पाठेघरको मुखको क्यान्सर हुनको कारण, रोकथामका उपयहरु, खोपको मात्रा दिने बिधि, खोप दिन नहुने अवस्थाहरू , निवारण रणनीति एच. पि. भि. खोप अभियान तथा नियमित खोपमा कार्यक्रम सञ्चालन कार्यनिती सम्बन्धि बिषयहरुमा जानकारी गराएका थिए ।

स्वास्थ्य संयोयक मण्डलले यस पालिकामा २ हजार १ सय ४७ भ्याक्सिनको लक्ष्य रहेको भन्दै किशोरिहरुलाइ भ्याक्सिनेशनमा सहजताकोलागी प्रत्येक वाडामा लक्ष्य अनुसारको २ देखि ४ ओटा केन्द्र गरी बिद्यालय तथा स्वास्थ्य संस्था सहित १८ वटा केन्द्र तोकीएको भन्दै बिधालय जाने छात्रा लगायत बिधालय नजाने त्यही समुदायका किशोरिहरुलाई सहजता होस भन्ने उदेश्यले यी केन्द्रहरु तोकीएको जानकारी दिए ।

एकडारा गाँउपालिका स्वास्थ्य शाखाका अनुसार, उक्त खोप अभियान २०८१ अन्तर्गत यही माघ २४ गते देखी ३० गते सम्म संचालन हुने पहिलो चरणमा पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत छात्राहरुलाई लक्षित गरिएको छ ।

एचभिपी खोप पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि अति प्रभावकारी मानिन्छ । यो खोपले किशोरीहरूको स्वास्थ्यलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सहयोग पुर्‍याउने विश्वास कार्यक्रम आयोजकहरूको रहेको छ ।

        गाँउपालिका अध्यक्ष मण्डलले कार्यक्रममा बोल्दै खोप अभियानको सफल कार्यान्वयनका लागि स्थानीय सरकार, स्वास्थ्यकर्मी, विद्यालय, अभिभावक, र सञ्चारकर्मीहरूको सहकार्य अत्यावश्यक रहेको बताएका हुन् । उहाँले यस्ता जनस्वास्थ्य अभियानले किशोरीहरूको भविष्य सुरक्षित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

        एकडारा गाँउपालिकामा सञ्चालन हुने एचभिपी खोप अभियानले पाठेघरको मुखको क्यान्सरजस्ता गम्भीर रोगहरूको रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको छ । अभिभावक, विद्यालय, र स्थानीय समुदायको सक्रिय सहभागितामा अभियान सफल हुने विश्वास स्वास्थ्य शाखाले व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर