Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

जसपा नेपाल रौतहटको अध्यक्षमा दुईपक्षीय भिडन्त, अरु पदमा क–कसले दिए उम्मेदवारी ?

प्रतिक्षा खबर
२०८१ चैत्र २७, बुधबार २०:३०

रौतहट, चैता २७ । जनता समाजवादी पार्टी नेपाल रौतहटको अध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ। जसपा नेपाल जिल्ला कार्य समिति रौतहटको नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुँदैछ। निर्वाचनका लागि आज बेलुका उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको थियो ।

उम्मेदवारी मनोनयन दर्ता गराउन दिइएको समयसीमा भित्रमा जिल्ला अध्यक्ष पदका लागि दुईजनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । वर्तमान जिल्ला अध्यक्ष श्याम विहारी यादव र पूर्व मेयर राजीव रंजन यादव भन्ने राजु यादवले जसपा नेपाल रौतहटको अध्यक्षमा उम्मेदवारी दिएका छन् । अनिल कुमार यादवले पनि जिल्ला अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेपनि अन्तत उनी उम्मेदवारी दिनबाट पछि हटेका थिए।

अध्यक्षमा जम्मा दुईजनाको उम्मेदवारी परेसँगै अब अध्यक्षमा श्याम विहारी र राजीव रंजन बीच कडा प्रतिस्पर्धा हुने भएको छ। दुवै जना उम्मेदवार राजनीतिमा ठूलो पकड़ बनाएका नेता भएको कारण दुवैजना बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। त्यस्तै जिल्ला उपाअध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ। दुईजना जिल्ला उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा चार जनाको उम्मेदवारी परेको हो।

अम्रुल हक, अमृतलाल चौधरी, राम ईश्वर यादव र पारस भण्डारीले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। सचिव पदका लागि शम्भु प्रसाद यादव र जयराम महतोले उम्मेदवारी दिएका छन्। दुईजना सह सचिवका लागि तीन जनाको उम्मेदवारी परेको छ। उपेन्द्र राय, दीपेन्द्र पटेल र मोहमद प्रवेज आलमले सह सचिवमा उम्मेदवारी दिएका छन्।

त्यस्तै कोषाध्यक्ष पदका लागि ब्रिज मोहन साह र सुरेन्द्र बैठाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। त्यस्तै खुल्ला र समावेशी गरी सदस्य पदका लागि कुल ४२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। भोलि बिहान ८ बजेदेखि मतदान हुने बताइएको छ। जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटको नयाँ नेतृत्व चयनका लागि दुईदिन देखि प्रथम जिल्ला अधिवेशन गरुडामा जारी छ।

अधिवेशनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले हिजो पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए। नयाँ नेतृत्व चयन गर्ने जिम्मा पार्टी अध्यक्ष यादवले जिल्लाका केन्द्रीय नेताहरुलाई दिएर आज दिउँसो रौतहटबाट सर्लाही गएका थिए। नयाँ नेतृत्व छान्न १० सदसिय अध्यक्ष मण्डल चयन गरिएको थियो। पार्टी उपाध्यक्ष गोविन्द चौधरी, केन्द्रीय सदस्य योगेन्द्र राय यादव सहित १० जना केन्द्रीय नेतालाई अध्यक्ष मण्डलमा समावेश गरिएको छ।

उक्त अध्यक्ष मण्डलले सर्वसम्मतिले नै नयाँ कार्य समिति चयन गर्ने अथक प्रयास गरेपनि प्रयास विफल भएको थियो। जिल्ला अध्यक्षको आकांक्षी को संख्या बढी भएको कारण सहमति हुन् नसक्दा अन्तत निर्वाचन प्रक्रिया सुरु भएको छ। भोलि बिहान ८ बजेदेखि महाधिवेशन स्थल गरुडा स्थित एन प्लाजा होटलमा मतदान सुरु हुने छ। मतदानको समय दिउँसो २ बजेसम्मका लागि तोकिएको छ। त्यसपछि भोलि नै मतगणना सुरु भइ अन्तिम मत परिणाम पनि भोलि बेलुका नै सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर