Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश

प्रतिक्षा खबर
२०८१ माघ ५, शनिबार १७:३६

 लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष पुरुषोत्तमलाल झा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । जसपाले आज पर्सामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममार्फत उपाध्यक्ष झाले प्रवेश गरेका छन् । उनलाई जसपाका अध्यक्ष अशोक राईले फुलमाला लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

झा केन्द्रका उपाध्यक्ष हुनुको साथै पर्सा जिल्लाका अध्यक्षको जिम्मेवारीमा थिए । पाँचपटक वडा अध्यक्ष र एकपटक उपमेयर समेत भइसकेका झा लामो समयदेखि मधेश राजनीतिमा लागेका छन् । उनले लोसपा नेपाल गतिशील पार्टी नभएका कारण छाडेर जसपामा प्रवेश गरेको बताए ।

उनले लोसपा नेपालका कुनै नेतामाथि कुनै व्यक्तिगत टिका टिप्पणी नगर्ने तर पार्टी नै चलायमान नभएका कारण एक नयाँ गतिशील पार्टीमा प्रवेश गरेको बताए । लोसपाबाट झासहित अन्य केही केन्द्रीय सदस्य तथा जिल्ला तहका नेताहरु पनि जसपामा प्रवेश गरेका छन् ।

लोसपा नेपालले वैशाख २६ गतेका लागि महाधिवेशनको मिति तय गरेको छ । त्यस्तै पार्टी प्रवेश कार्यक्रममा कांग्रेस र जसपा नेपालबाट पनि केही नेता तथा कार्यकर्ता प्रवेश गरेको जसपाका उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादवले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर