Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

हत्या आरोपमा दुई महिनापछि प्रेमी पक्राउ

प्रतिक्षा खबर
२०८१ पुष २, मंगलवार २२:०३

गोपाल झा

महोत्तरी, पुस २ गते

महोत्तरीमा प्रेमिकाको हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । गत असोज २३ गते बर्दिवास नगरपालिका-५, टुटेश्वरमा २२ वर्षीया अनु रायको हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीको चक्रघट्टा-९ खोइरियाका २५ वर्षीय मन्दीपकुमार यादवलाई बिरगंन्जबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही जिल्लाको चक्रघाटा गाउँपालिका ९ कोरिया बस्ने वर्ष २५ को मन्दिपकुमार यादव छन् । यदबलाई प्रहरीले सूचनाको आधारमा वीरगञ्जबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले आज मंगलबार पत्रकार सम्मेलनमा यही असोज २३ गते बिहान जिल्लाको बर्दिबास नगरपालिका ५ टुटेश्वर जङ्गलमा तत्काल नाम, थर, वतन नखुलेको महिलाको शव प्राप्त भए पश्चात  सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा आरोपित यादवलाई पक्राउ गर्न सफल भएको जानकारी दिनुभयो ।

उहाँले सो बेला तालिमप्राप्त कुकुरहरु लगाएर घटनास्थलको चेकजाँचसँगै महिलाको सनाखतको लागि कार्यालयको फेसबुक पेज लगायतहरुमा फोटोसहितको विवरण समेत राखिएको बताउनुहुँदै घटनाको पाँच दिनपछि महोत्तरीकै अनु राय रहेको अभिभावकहरुले सनाखत गरेको बताउनुभयो ।          मन्दिप र अनुसँग कक्षा चारदेखि नै चिनजान र प्रेम रहेको अनुसन्धानमा खुलेको छ । उनीहरुबीच विवाहलाई लिएर वादविवाद हुँदै आएपनि बर्दिबासमा भेटकोबेला ख्याल ठट्टामा अनुले मन्दिपलाई थप्पड हानेपछि मन्दिपले पनि थप्पड हान्दा उनी वेहोस भएको र मन्दिपले सामान बाँध्न प्रयोग हुने डोरीबाट घाँटी कसी हत्या गरेर भागेको प्रहरीले जनाएको छ ।

ख्याल ख्यालमै प्रेमीले प्रेमिकालाई घाँटी कसी मारेर बर्दिबासको टुटेश्वर जङ्गलमा सडकदेखि पूर्वको खोल्सीमा लडाई भागेको अनुसन्धानबाट देखिएको बताउनुहुँदै प्रहरी उपरिक्षक जैसवारले भन्नुभयो, “पक्राउ परेका मन्दिपले हत्या आफूले गरेको स्वीकार गरेको छ ।“प्रहरी नायब उपरिक्षक जैसवारले बर्दिबासको विभिन्न ठाउँमा देखिएको सिसिटिभी क्यामरा, फोनको लोकेसन तथा महिनौको अथक प्रयासपछि मन्दिपलाई पक्राउ गर्न सकिएको बताउनुहुँदै पक्राउ परेका मन्दिपलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर