Advertisement

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

प्रतिक्षा खबर
२०८१ मंसिर ३०, आईतवार २०:५८

३० मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य बढाएको हो ।

त्यस्तै, डिजेल र मट्टितेलको मूल्य भने घटाइएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा २ रुपैयाँ २८ पैसा बढेर र डिजेलमा १ रुपैयाँ ४८ पैसा घटेर आएको निगमले जनाएको छ ।

निगमको संचालक समितिको निर्णयअनुसार पेट्रोलमा २ रुपैयाँ बढाइएको छ भने डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाइएको छ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १ सय ५९ रुपैयाँ ५० पैसा पर्नेछ । यी स्थानमा डिजेल र मट्टितेलको मूल्य १ सय ४८ रुपैयाँ ५० पैसा कायम भएको छ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १ सय ६१ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १ सय ५० रुपैयाँ पर्नेछ ।

यो सँगै तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पम्पमा पेट्रोलको मूल्य १ सय ६२ रुपैयाँ पर्नेछ । यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर