Advertisement
ताजा खबर
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद

शिक्षकहरूलाई मासिक रूपमै तलब भत्ता उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन

प्रतिक्षा खबर
२०८१ मंसिर २१, शुक्रबार १४:५९

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न स्थानीय तहहरूलाई परिपत्र गरेको छ ।

‘शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्था’ आवश्यक जानकारी तथा कार्यार्थ भन्दै मन्त्रालयले स्थानीय तहहरूलाई परिपत्र गरेको हो ।

यसअघि शिक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रकाशन मन्त्रालयलाई शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र गर्न भन्दै पत्र पठाएको थियो । शिक्षा मन्त्रालयले गत सोमबार पठाएको पत्र अनुरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूलाई मासिक रूपमा तलब निकासा गर्न स्थानीय तहहरूमा ताकेता गर्दै आएको थियो । देशभरका ७५३ वटै पालिकालाई सूचना जारी गर्दै केन्द्रले शिक्षकको तलब मासिक रूपमा भुक्तानी हुने व्यवस्था मिलाउन केन्द्रले भन्दै आएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर