
आसन्न मङ्सिर १६ मा हुने उप निर्वाचनकाेलागि दलहरु घरदैलोमा व्यस्त छन् । त्यस कार्यमा जसपा नेपालका उम्मेदवार आगाडी रहेकाे प्रदेश सांसद सराेज सिंह कुशवाहाले बताइरहेका छन ।
महाेतरीकाे रामगाेपालपुर नगरपालिका वडा नं २मा उप निर्वाचन हुँदै छ ।

पुर्व वडा अध्यक्ष मुकेश कुमार यादवकाे निधन भइसकेपछि त्याे पद खालि रहेकाे छ । जनता समाजवादी पार्टी नेपालकाे तर्फबाट नजामुदिन खान उमेदवार रहेका छन ।त्यस्तै नेपाली कांग्रेसकाे तर्फबाट जनिफ खान,ने क पा एमालेकाे तर्फबाट माे सकिबुल खान र ने क पा माओवादीकाे तर्फबाट मृतक पूर्व वडा अध्यक्ष मुकेश कुमार यादवकाे श्रीमती आइती कुमारी यादव रहेका छन ।

तर चारै जना उमेदवारहरुमा जसपा नेपालका उमेदवार नजामुदिन खान युवा ,शिक्षित र नायँ उमेदवार रहेकाेले जनताहरुकाे रुझान जसपा नेपालकाे उमेदवार प्रति रहेकाे जसपा नेपालकाे केन्द्रीय अभियन्ता दिपक झा गुडुले बताइरहेका छन । उप चुनाबमा वडा न २मा नजामुदिन खानलाइ जिताउन प्रदेश सांसद सराेज सिंह कुशवाहा र पूर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादवसंगै अन्य नेता तथा कार्यकर्ताहरु घरदैलोमा व्यस्त छन् ।

घरदैलो कार्यक्रममा जनता समक्ष गएर उम्मेदवारद्वय खान र नेता यादव र महतो मतदाताहरुसँग भेटघाटलाई तीव्रता दिएका छन् । उनीहरुले जसपा नेपालको चुनाव चिन्ह छाता छापमा मतदान गर्न आग्रह गर्ने गरेका छन् ।
उम्मेदवारहरुसँग स्थानीय नेता कार्यकर्ताहरु घर घर पुगेर जसपाका उम्मेदवार खानलाई जिताउन आग्रह गरिरहेका छन् ।

सो वडामा अन्य उमेदवारहरुलाइ जनताहरुले मन पराएका छैनन् । उनीहरु पटक पटक जितेर गए पनि उल्लेख्य विकास नगरेको र भ्रस्टाचारमा लिप्त रहेको जनगुनासो छ ।








































































































