Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

आज कात्तिक शुक्ल प्रतिपदा , गाई,गोरु र गोवर्द्धन पूजा गरिंदै

प्रतिक्षा खबर
२०८१ कार्तिक १७, शनिबार १३:१२

गोपाल झा

महोत्तरी ,कात्तिक १७ गते ,शनीबार

आज कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात तिहारको चौंथो दिन गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर गोवर्द्धन पूजा मनाइँदैछ ।

पर्वयमपञ्चक पर्वको चौथो दिन मनाईने गोधन पर्वको दिन गोठघरमा गोबरका आकृति बनाइन्छ । त्यहीँ गोबरकै दुईवटा भखारी (अन्न राख्ने भाँडो) पनि निर्माण गरिन्छ । त्यसमा दाल, चामल, धान सहितको अनाज राख्ने चलन छ । यसैगरी गोबरकै जाँतो पनि बनाइन्छ । गाईको गोबरबाट बनाइएका आकृतिहरुलाई विभिन्न फूल राखेर सजाइन्छ ।

           आजका दिन पशुधन (गाई, गोरु, भैंसी) को विशेष पूजा गर्ने परम्परा रहेको छ ।  महिलाहरूले ओखलमा धान, सिन्दूर, दूबो र पिठार कुट्ने गर्छीन् । यो मिश्रण रंगमा हालेर पशुधन (गाई, गोरु सहित) लाई रंग्याउन प्रयोग गरिन्छ । गाई, गोरुलाई विभिन्न रङमा मिसाएर यो मिश्रण रङ्ग्याउने चलन छ साथै नयाँ दाम्ला लगाइदिने (दाम्ला फेर्ने) परम्परा रहेको छ । यो मिश्रणले रङ्ग्याउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने, रोगव्याधि नलाग्ने मैथिल जनविश्वास रहीआएको छ ।

         आज  किशानहरुले आ आफ्नो गाई बस्तुलाई सिकी वा बाँसको चोयाले बनाइएको भाँडो मा धान, दूबो, फलफूल, पान, सुपारी, पैसा, पिठार (अल्वा चामलको पिठोमा पानी पिसाइएको), सिन्दूर, तोरीको तेल र गंगाजलले पशुधनको पूजा गरी सिङमा तेल लगाउने र खुट्टाहरु गंगाजलले सुद्ध गर्ने परम्परा छ । त्यस्तै यो दिन पशुधनलाई खेतबाट हरियो धान ल्याएर खुवाउने पनी गरिन्छ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

      गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्हरुको भनाई छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर सङ्कल्प पढिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूणर्िमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

आजै गोरु र कृषकको पूजाआजा पनि गरिंदैछ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

गोवर्द्धन पूजा 

        द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदा/सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निणर्यक विकास समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर