Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

शौचालयको भेन्टिलेसन काटेर भागेका थिए ९ थुनुवा, दुईवटा छानबिन समिति गठन

प्रतिक्षा खबर
२०८१ आश्विन ७, सोमबार २०:३५

७ असोज, जनकपुरधाम । आइतबार राति जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर फरार भएका ९ थुुनुवामध्ये ७ जना पुनः पक्राउ परेका छन् । फरार रहेका दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले बताए ।

हिरासत फोडेर भागेकामध्ये धनुषाको जनकपुरधाम–२१ रुपैठाका अमितकुमार झा, विदेह नगरपालिका– ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल, २४ वर्षीय रोशनकुमार मण्डल, सिरहा नगरपालिका– १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र धनुषाको औरही गाउँपालिका २ का सत्यम झा पक्राउ परेका छन् ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिका १ का १७ वर्षीय सुमित मेस्तर र जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्की पनि पक्राउ परे ।

धनुषाको औरही गाउँपालिकाका २३ वर्षीय विशाल मुखिया र नगराइन नगरपालिका २ का १८ वर्षीय मनिष मण्डल भने फरार छन् ।

हिरासत फोडेर ठूलो संख्यामा थुनुवा फरारको घटनाले प्रहरीको सुरक्षा लापरबाही देखाएको छ । डेढ वर्षअघि १४ माघ २०७९ मा धनुषाकै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा भागेका थिए ।

जिल्ला प्रहरीको हिरासतबाट थुनुवा फरार भएको घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी सुरेन्द्र गुरुङको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । गुरुङका अनुसार समितिलाई १५ दिन म्याद दिइएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाले पनि डीएसपी रञ्जन अवाको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको छ ।

आइतबार राति जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको शौचालयको भेन्टिलेसन काटेर ९ जना थुनुवा फरार भएका थिए ।

थुनुवा फरार भएको घटनापछि मधेश प्रदेशका प्रहरी प्रमुख डीआइजी लालमणि आचार्य, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया लगायतले हिरासत कक्षको अवलोकन गरेका थिए ।

थुनुवा भाग्नुमा प्रहरीको चरम लापरबाही रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरु बताउँछन् । थुनुवाहरुले पूर्वयोजना बनाएर नै हिरासत कक्षबाट भागेको उनीहरुको भनाइ छ ।

एक प्रहरी अधिकारीका अनुसार थुनुवाहरुले दुईवटा फलाम काट्ने हेक्सो ब्लेडले हिरासतको भेन्टिलेसनको फलामे रड काटेर बाहिर निस्कने बाटो बनाएका थिए ।

‘उनीहरुले पाँच दिनको अन्तरालमा दुईवटा हेक्सो ब्लेड छिराएका थिए । पहिलेको हेक्सो ब्लेडको धार गएपछि अर्को ब्लेडले काटेर बाहिर निस्केको पक्राउ परेकाहरुले बयानमा भनेका छन्’, ती प्रहरी अधिकारीले सुनाए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले पनि हेक्सो ब्लेड प्रयोग गरेर हिरासत काटेर भागेको देखिएको बताए । ‘हेक्सो ब्लेड प्रयोग गरी भेन्टिलेसन काटेको जस्तो देखिन्छ । हतियार कसरी भित्र छिर्‍यो भन्ने लगायतको विषयमा छानबिन प्रतिवेदन नआउँदासम्म के कसरी भएको भन्न सकिन्न’, उनले भने ।

सेन्ट्री बस्नेदेखि प्रहरी उपरीक्षक (एसपी) सम्मले एकसातामा हिरासत कक्षको निरीक्षण अनुगमन नगरेको ती प्रहरी अधिकारीको भनाइ छ । त्यति मात्र होइन हिरासत कक्षको सिसीटिभी क्यामेरा पनि एकसातादेखि बिग्रेको थियो ।

‘कसैले पनि एक सातासम्म हिरासतको निरीक्षण अनुगमन राम्ररी नगरेको देखिन्छ । यदि गरेको भए यस्तो घटना हुनै नै थिएन । यसमा हिरासत व्यवस्थापनदेखि कार्यालय प्रमुखसम्मको ठूलो कमजोरी देखिन्छ’, एक प्रहरी अधिकारीले भने ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अवाले आफू बिदाबाट तीनदिन अघि मात्र कार्यालय आएको र हिरासत कक्षको निरीक्षण गर्न नसकेको स्वीकारे ।

धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले आफूले नियमित रुपमा हिरासतको निरीक्षण गर्ने गरेको तर हिरासतभित्र भने १/२ दिनको फरकमा मात्र प्रवेश गर्ने गरेको बताए ।

‘मैले ओभर अल नै नियमित निरीक्षण गर्ने गरेको छु । तर हिरासतको भित्री कक्षमा १/२ दिनमा मात्र भित्र पसेर हेर्ने गरेको थिएँ’ उनले भने, ‘हेक्सो ब्लेड कसरी भित्र छिरायो भन्ने विषयमा छानबिन हुन्छ ।’

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर