Advertisement
ताजा खबर
रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका

कैलालीमा सर्पले टोक्दा दिदीबहिनीको मृत्यु, ४ जना घाइते

प्रतिक्षा खबर
२०८१ भाद्र ८, शनिबार २१:०२

८ भदौ, धनगढी । कैलालीमा सर्पले टोक्दा एकै घरका दुई बालिकाको मृत्यु भएको छ ।

शनिबार दिउँसो गौरीगंगा नगरपालिका-७ महुलिया बस्ने स्थान घर्तीमगरकी छोरीहरु ७ वर्षकी काजल र ४ वर्षकी नीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए ।

आफ्नै घरको भुइँतलाको खाटमा सुतेका उनीहरुलाई शनिबार सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार सर्पको टोकाईबाट बालिकाकी हजुरआमा ५५ वर्षकी रिजु घर्तीमगर घाइते भएकी छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका भइरहेको छ ।

अरु ३ जना पनि घाइते

शनिबार सर्पकै टोकाइबाट कैलालीमा अरु तीन जना पनि घाइते भएका छन् । धनगढी उपमहानगरपालिका-१ बस्ने १३ वर्षीय उपेन्द्र केसी, गौरीगंगा नगरपालिका- ५ का १४ वर्षीय हेम बोहरा र जोशीपुर गाउँपालिका-३ कि ३४ वर्षीया उर्मिला कठरिया घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनीहरूमध्ये केसी र बोहराको सेती प्रादेशिक अस्पतालमा र कठरीयाको मसुरियास्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको एसपी विष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर