Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

प्रतिक्षा खबर
२०८१ श्रावण २८, सोमबार १५:०२

लन्डन । यस साताको सुरुमा पूर्व प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि बङ्गलादेशमा अल्पसङ्ख्यक समुह विरुद्ध भएको हिंसाको विरोधमा शनिबार लण्डनको संसद भवन बाहिर प्रदर्शनकारीहरु भेला भएका छन् ।

बङ्गलादेशमा हाल हिंसामा वृद्धि हुँदै जाँदा प्रदर्शनकारीहरुले शान्ति र समानताको माग गर्दै नारा लगाएका थिए।  प्रदर्शनमा विभिन्न मानव अधिकार सङ्गठनका कार्यकर्ता, बङ्गलादेशी डायस्पोराका सदस्यलगायत सहयोगीहरूको सहभागीता रहेको थियो ।

बङ्गलादेशका एकजना प्रदर्शनकारी उनादीले बङ्गलादेशी अल्पसङ्ख्यक हिन्दूमाथि भएको हिंसाप्रति चिन्ता व्यक्त गर्दै बहुसंख्यक जनसङ्ख्याले उनीहरूलाई अन्यायका विरुद्ध बोल्नबाट रोकेको बताए ।

“हाम्रो देश सन् १९७१ मा स्वतन्त्र भयो ताकि सबै समुदायहरू शान्तिपूर्वक बाँच्न सकुन्। तर अहिले हामी बहुसङ्ख्यक समुदायले गरेको अत्याचारबाट पीडित छौं”, उनादीले भने । “जनताको मानसिकता परिवर्तन गर्नुपर्छ ताकि हामी शान्तिपूर्वक बाँच्न सकौँ । अहिलेको आधुनिक समयमा  सबै समुदायहरू शान्तिपूर्वक बाच्नुपर्छ । हामी सबै समान छौँ”, उनले बताए ।

बेलायतको बङ्गाली क्रिश्चियन एसोसिएसनका एकजना प्रदर्शनकारीले सबै समुदायलाई समान व्यवहारको आवश्यकतालाई जोड दिए । बहुसङ्ख्यक समुदायको अत्याचारका कारण बङ्गलादेशी अल्पसङ्ख्यकहरू देश छाडेर भाग्न बाध्य भइरहेका अर्का प्रदर्शनकारीले जनाएका छन् ।

“विगत पाँचदेखि छ दिनदेखि बङ्गलादेशमा अल्पसङ्ख्यकहरुले भोग्नुपरेको हिंसाको विरुद्धमा हामी यहाँ भेला भएका छौँ । उनीहरूले हामीबाट हाम्रो देश खोस्न सक्दैनन्, हामीलाई निर्वासित गर्न सक्दैनन्। हामी हाम्रो देशमा सुरक्षित र शान्तिपूर्वक बाँच्न चाहन्छौँ। अल्पसङ्ख्यकहरू विरुद्धको हिंसा रोक्नुपर्छ ”, उनले भने ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर