Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

जम्मू कश्मीर चुनावको नतिजा : नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत

प्रतिक्षा खबर
२०८१ आश्विन २३, बुधबार ११:४०

जम्मू । जम्मू कश्मीरमा भएको विधानसभा चुनावको अन्तिम नतिजा आएको छ । यहाँ जम्मू कश्मीर नेशनल कन्फ्रेन्स र कांग्रेसको गठबन्धनले बहुमत प्राप्त गरेको छ ।

नेशनल कन्फ्रेन्सले ४२ सिट जितेको छ भने कांग्रेसले ६ सिट जितेको छ । जबकि भाजपाले २९ सिट पाएको छ । पीडीपी भने ३ सिटमा सीमित भएको छ ।

यसबाहेक भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) कम्युनिस्ट पार्टी (सीपीएम), जम्मू कश्मीर पिपुल्स कन्फरेन्स (जेपीसी) र आम आदमी पार्टीले एक–एक सिट पाएका छन् भने सात सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

जम्मू कश्मीरमा कुल ९० सिट रहेका छन् र बहुमतका लागि ४६ सिट आवश्यक छ । नेशनल कन्फ्रेन्स–कांग्रेस गठबन्धनले ४८ सिट जितेको छ ।

जम्मु कश्मीरमा १० वर्षपछि विधानसभाको चुनाव भएको हो । पछिल्लो पटक भाजपा र पीडीपीले मिलेर सरकार बनाएका थिए । यस सरकारमा महबुबा मुफ्ती मुख्यमन्त्री बनेकी थिइन् । तर भाजपा-पीडीपी गठबन्धन सरकारले पाँच वर्ष पूरा गर्न सकेन।

यसपछि ५ अगस्ट २०१९ मा अनुच्छेद ३७० खारेज गरेर जम्मू कश्मीरको विशेष दर्जा हटाएर दुई केन्द्र शासित प्रदेश बनाइयो र केन्द्रीय शासन लागू गरियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर