Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

संविधान पुनरावलोकन आयोग’ गठन गर्न उपेन्द्रको प्रस्ताव

प्रतिक्षा खबर
२०८१ श्रावण २७, आईतवार १९:५४

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि छुट्टै आयोग बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबारदेखि ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै उनले सो प्रस्ताव अघि सारेका हुन् ।

आयोगमा संविधानका विज्ञहरू रहनुपर्ने उनले बताएका छन् । ६१ बुँदे प्रस्तावअन्तर्गत संविधान संशोधनसम्बन्धी बुँदामा उनले लेखेका छन्, ‘समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन गरी परिमार्जन गर्नका लागि संविधान विज्ञहरू सम्मिलित ‘संविधान पुनरावलोकन आयोग’ गठन गरी राय सुझाव र सिफारिसका आधारमा संविधान संशोधन गर्ने ।

यसैगरी संविधानमा आवश्यक संशोधन गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख वा राष्ट्रपतीय प्रणाली लागु गर्नुपर्ने उनको प्रस्ताव छ । समावेशी तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्व भएको सङ्घीय न्याय प्रणाली हुनुपर्ने प्रस्तावमा उल्लेख छ ।

यस्तै, राष्ट्रिय÷जातीय पहिचानमा आधारित स्वायत्तता र स्वशासनसहितको राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड लगायतका प्रावधानहरू संशोधन गरी संविधानमा व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

प्रदेशहरूको नामकरण गर्दा पनि पहिचान झल्कने गरी गर्नुपर्ने उनले बताएका छन्  । यता, स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने गरी राख्न आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर