Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

२० सदस्यीय मधेस सरकारमा मुख्यमन्त्रीसहित ६ जना सप्तरीकै

प्रतिक्षा खबर
२०८१ श्रावण २५, शुक्रबार २१:३४

 मधेस प्रदेशमा मुख्यमन्त्रीसहित २० सदस्यीय मन्त्रीमण्डल छ । मन्त्रीहरू धेरै बनाएको भन्दै यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।सरकारमा २० जना सामेल भएको भन्दै मधेस प्रदेशमा केही युवाले आन्दोलन पनि गरिरहेका छन् । ८ जिल्ला रहेको मधेसमा २० जना मन्त्री हुँदा मुख्यमन्त्रीसहित ६ जना मन्त्री सप्तरीबाटै प्रतिनिधित्व गर्छन् ।

त्यसबाहेक संघीय सरकारमा पनि दुई जना मन्त्री सप्तरीबाटै छन् । यसरी संघ र प्रदेश गरी सप्तरीबाट हाल आठ जना मन्त्री छन् ।

मधेसमा जनमत पार्टीले सप्तरीबाट प्रतिनिधित्व गर्ने सतिशकुमार सिंहलाई मुख्यमन्त्री बनाएको छ । जनमतले सप्तरीबाटै एक जना मन्त्री र दुई जना राज्यमन्त्री पनि बनाएको छ । जनमतबाट चुनाव जितेका सकिल अलीलाई उद्योग तथा पर्यटनमन्त्री र शम्भुकुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री बनाइएको छ । यस्तै, रञ्जुकुमारी खंगलाई वन तथा वातावरण राज्यमन्त्री बनाएको छ ।

त्यस्तै एमालेले पनि सप्तरीबाट राजकुमार लेखीलाई गृह तथा सञ्चारमन्त्री बनाएको छ । कांग्रेसले पनि सप्तरीबाट मधेस प्रदेशका समानुपातिक प्रदेश सभा सदस्य नीलमकुमारी रजकलाई ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री बनाएको छ ।

कांग्रेस–एमाले गठबन्धनको संघीय सरकारमा सप्तरीबाट दुई जना मन्त्री छन् । कांग्रेसले संघीय सरकारमा सप्तरीबाट तेजुलाल चौधरीलाई युवा तथा खेलकुदमन्त्री बनाएको छ भने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सप्तरीबाट संघीय सरकारमा नवलकिशोर साहलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाएको छ ।

नवल किशोर साह यसअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट पनि मन्त्री बनेका थिए ।

तेजुलाल चौधरी पनि एक पटक युवा तथा खेलकुद राज्यमन्त्री भइसकेका थिए ।

संघ होस् या प्रदेश, जुनसुकै सरकार गठन हुँदा सप्तरीबाट मन्त्री बनेकै हुन्छन् । यसअघिको सरकारमा पनि सप्तरीबाट जनमत पार्टी महेश यादव मन्त्री बनेका थिए भने कांग्रेसबाट मो. समिम, नेकपा एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने मन्त्री थिए ।

त्यसअघि सप्तरीबाट शैलेन्द्र साह, नवलकिशोर साह पनि प्रदेश सरकारमा मन्त्री थिए । सप्तरीबाट उपेन्द्र यादव, रेणु यादव, मृगेन्द्रकुमार सिंह यादव, जेपी गुप्ता, उमेश यादव, नन्दन दत्त, रामकुमार चौधरीलगायतका नेता पटकपटक मन्त्री बनेका छन् ।

नेपालका लागि सप्तरी राजनीतिको उब्जाउ थलो मानिन्छ । त्यहाँबाट थुप्रै क्रान्तिकारी योद्धाको जन्म भएको छ ।

कतिपय आन्दोलनको सुरुवात सप्तरीबाटै भएको छ । गजेन्द्रनारायण सिंह, जयकृष्ण गोइत, रामराजा प्रसाद सिंह, उपेन्द्र यादव, सीके राउत जस्ता नेता सप्तरीकै हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर