Advertisement

प्रतिक्षा खबर
२०८१ असार ३१, सोमबार २१:१९

 

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले स‌ंसद‍्बाट देशवासीला सम्बोधन गर्ने भएका छन् ।

उनले  आगामी साउन ६ गते आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको हैसियतमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले संसदमा साउन ६ गते सम्बोधन गर्न लागेको पुष्टि गरे ।

‘साउन ६ गते प्रधानमन्त्रीज्यूले संसदबाट देशवासीलाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ’, उनले रातोपाटीसँग भने, ‘फेरिएको राजनीतिक परिस्थिति र मुलुकको यथार्थबारे संसदबाट जानकारी दिने तयारी छ ।’

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर