Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

महोत्तरीको सम्सी गाउँपालिका ७२ घण्टाका लागि सिल

प्रतिक्षा खबर
२०७७ असार ३, बुधबार १९:३९

३ असार, रामगाेपालपुर, महोत्तरीको सम्सी गाउँपालिका बुधबार (आज) राति १२ बजेदेखि ७२ घण्टाका लागि पूर्णरुपमा सिल गरिने भएको छ ।
यस गाउँपालिकामा बुधबार एकैदिन १८२ जनामा काेरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको सम्पूर्ण क्षेत्र बुधबार राति १२ बजेदेखि सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । यसअघि पनि सम्सी गाउँपालिकामा ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रजिअ कटुवालले भने, ‘एउटै गाउँपालिकाभित्र रहेका विभिन्न क्वारेन्टिनमा बसेका मध्ये २७३ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्यामा एक्कासी वृद्धि आएका कारण संक्रमण फैलिन नदिन बुधबार राति १२ बजेदेखि असार ६ गते राति १२ बजेसम्मका लागि सिल गर्ने निर्णय भएको छ ।
जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र महोत्तरीको बुधबार बसेको बैठकले आगामी असार ६ गते राति १२ बजेसम्मका लागि गाउँपालिकालाई पूर्ण रुपमा सिल गर्ने निर्णय भएको कार्यालयका सूचना अधिकारी कामेश्वर यादवले जानकारी दिएका छन् ।

यादवका अनुसार अति आवश्यक सेवा औषधि पसल, एम्बुलेन्स, स्वास्थ्य सेवा, मृत्यु संस्कार बाहेक सम्पूर्ण क्रियाकलाप निषेध हुने गरी पूर्ण रुपमा सिल गरिएको छ ।
महोत्तरीमा बुधबार २०० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५०८ पुगेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर