Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

गाँजा खेतीबारे छलफल गर्न कृषि समितिले बोलायो गृह र अर्थसहित ४ मन्त्री

प्रतिक्षा खबर
२०८१ जेष्ठ २४, बिहीबार १७:३७

२४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत गाँजा खेतीबारे छलफल गर्न गृह र अर्थसहित ४ मन्त्रीलाई बोलाएको छ ।
समिति सचिवालयका अनुसार शुक्रबार सिंहदरबारस्थित कृषि समितिकै सभाकक्षमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई बोलाइएको छ । यी मन्त्रालयका सचिव पनि छलफलमा उपस्थित हुनेछन् ।
कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं विज्ञ सरोकारवाला समेतलाई राखेर समितिले गाँजा खेतीबारे छलफल गर्न लागेको हो ।
सरकारले आगामी आर्थिक बर्षको बजेटमा औषधीय प्रयोगका लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरेको छ । यसअघि यो विषय बजेटमा आए पनि कार्यान्वयन हुन सकेको छैन ।
कांग्रेस सांसद आरजु राणा सभापति रहेको कृषि समितिको बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर