Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सिरहा प्रहरीको सफलताः MOST WANTED को लिस्टमा रहेका आरिफ खान पक्राउ

प्रतिक्षा खबर
२०८१ पुष ३, बुधबार १६:२३

नेपाल प्रहरीको मोस्ट वान्टेडको सूचिमा रहेका भारतीय लुटेरा आरिफ खानलाई सिरहा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

सिरहाका डिएसपी वीरेन्द्र पासवानको कमाण्डमा गएको प्रहरीले लुटेरा आरिफ खान भन्ने आरिफ हुसेनलाई पक्राउ गर्न सफल भएको हो ।
नेपालको विभिन्न जिल्लामा लुटपाट, डकैती तथा संगठित अपराध मुद्दामा फरार रहेका भारतका आरिफ हुसेनलाई सिरहा प्रहरीले नेपाल भारत बोर्डरको दशगजा क्षेत्रबाटै दबोचेको हो । उनलाई आईतबार बिहान ४ः०० बजेको समयमा पक्राउ गर्न सफल भएको हो ।

आरिफ घाईते अवस्थामा भागी नेपाल तर्फ आई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट डिएसपी बिरेन्द्र कुमार पासवानको कमाण्डमा खटिएको टोलीले जिल्ला सिरहा सिरहा नगरपालिका वडा नम्बर १७ माडर स्थित नेपाल भारतको दसगजा क्षेत्र नजिकबाट पक्राउ गरिएको हो ।
हुसेनको हात, खुट्टा लगायत शरीरको बिभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई उनलाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहामा पठाई उपचार पश्चात डिस्चार्ज भई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई सोधपुछ पश्चात आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय मिर्चया पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

आरिफ हुसेनमाथि गत बर्षको जेठ १६ गते महोत्तरी गाउँपालिका वडा नम्बर २ स्थित रहेको एनएमबि बैंकमा ३८ लाख रुपैयाँ नगद रुपैया र बैंकको कर्मचारीको मोवाईल समेत तुटी डाँका गरी फरार भएको, सिरहाको मिर्चैयास्थित ग्लोबल आईएमई बैँकको ९ लाख रुपैयाँ लुटपाट गरेको र भारत विहारको मधुवनी जिल्लामा हातहतिमार, लुटपाट लगायत मुद्दा उनको नाममा दर्ता रहेको तथा आरिफलाई पक्राउ गर्नेलाई २५ हजार रुपैयाँको इनाम समेत राखिएको पाईएको छ ।

सिरहाका डिएसपी पासवानले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गर्न सफल भए

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर