• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जहाँ उपेन्द्र हुन्छन्, त्यहाँ जाँदैनन् सीके राउत संग्रह


सप्तरीमा उपेन्द्र यादव आउने कार्यक्रम रोक्न गृह मन्त्रालयलाई सीके राउतको पत्र

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धन छाडेर विपक्षी गठबन्धनमा गएपछि जनमत पार्टीका अध्यक्ष सीके राउत विपक्षी गठबन्धनबाट अलग भएका छन् ।
माओवादी केन्द्रले कांग्रेसको गठबन्धन छाडेर एमालेसँग गठबन्धन बनाएपछि जनमत पार्टीका अध्यक्ष राउत कांग्रेससँगै विपक्षी गठबन्धनमा बसे । गठबन्धन धेरै हेरफेर गर्न नहुने भन्दै उनले विपक्षी मोर्चा नै रोजेका थिए ।
तर अहिले जसपा नेपालका अध्यक्ष यादव सत्ता गठबन्धन र सरकारबाट अलग भएपछि विपक्षी मोर्चामा गएका छन् । जसपा नेपाल विपक्षी मोर्चामा आएसँगै जनमत पार्टीका अध्यक्ष राउत भने त्यहाँबाट बाहिरिएर सत्ता गठबन्धनमा जाने तरखरमा छन् ।
सत्ता गठबन्धनले मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीलाई दिने भनेका कारण नै सीके सत्ता गठबन्धनमा जान लागेको स्रोतले जनाएको छ । माओवादी केन्द्र र एमालेले पनि मधेस प्रदेशमा जनमत पार्टीलाई नेतृत्व दिने लगभग निश्चित गरिसकेका छन् । जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने भनेर प्रक्रिया पनि सुरु गरिसकेको छ ।
प्रधानमन्त्री प्रचण्डले सोमबार लिने विश्वासको मतमा जनमत पार्टीले समर्थन जनाउने स्रोतले दाबी गरेको छ । जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले मधेस प्रदेश प्रदेशमा आफ्नो पार्टीलाई नेतृत्व दिएमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताए ।
प्रदेशस्तरमा जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भइसकेको भन्दै उनले त्यसमा केन्द्रमा सहमति हुन बाँकी रहेको बताए । यसबारे केन्द्रमा चाँडै टुङ्गो लाग्ने उनको भनाइ छ ।
जसपा नेपालले आफूहरूलाई थुप्रै पटक धोका दिएका कारण त्यो दलसँग सहकार्यको सम्भावना नरहेको उपाध्यक्ष साह बताउँछन् । उनले भने, ‘भोलिका दिनमा सुध्रिएर आए भविष्यमा के हुन्छ, त्यो भन्न सकिँदैन तर हाल जसपा नेपालसँग कुनै सहकार्य हुँदैन ।
कांग्रेस नेतृत्वको गठबन्धन छाडेको हो त भन्ने जिज्ञासामा उनले छाडेको पनि होइन र गएको पनि छैन भन्ने अस्पस्ट जवाफ दिए । उनले आफूहरू जेठ १५ गतेको तयारीमा रहेका कारण बैठकमा जान नपाएको जिकिर गरे ।
संसद अवरोधको विषयलाई लिएर केही दिनदेखि विपक्षी गठबन्धनको बैठक लगातार बसिरहेको छ । त्यो बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव जान थालेका छन् । बैठकमा लोसपा, राप्रपाका नेताहरू पनि हुने गरेका छन् ।
जसपा नेपाल र जनमत पार्टीबिच मधेस प्रदेशमा द्वन्द्व छ । सप्तरी–२ बाट उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले हराएपछि दुई दलको बिच द्वन्द्व सुरु भएको हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव बारा–२ मा उपनिर्वाचनमा भाग लिँदा त्यहाँ पनि सीके राउत आक्रामक रुपमा प्रस्तुत भएका थिए
सप्तरीमा मधेस कृषि विश्वविद्यालयको भवन शिलान्याशको विषयलाई दिएर दुई पार्टीबिच झडप नै भएको थियो । झडपका कारण जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको हो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

६ जेष्ठ २०८१, आईतवार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

६ जेष्ठ २०८१, आईतवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

६ जेष्ठ २०८१, आईतवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

६ जेष्ठ २०८१, आईतवार
Next Post
अशोक राई पक्षलाई थप सकस संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्बोच्चमा रिट, सचिवालयलाई जानकारी

अशोक राई पक्षलाई थप सकस संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्बोच्चमा रिट, सचिवालयलाई जानकारी

सांसद सराेज सिंह कुशवाहाद्वारा भैरव स्थानको शिलान्याससंगै बिपक्षीलाई यश क्षेत्रमा सकस

सांसद सराेज सिंह कुशवाहाद्वारा भैरव स्थानको शिलान्याससंगै बिपक्षीलाई यश क्षेत्रमा सकस


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh