• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

विपक्षी दलको बहिस्कारपछि मधेशका मुख्यमन्त्रीले लिए विश्वासको मत


विपक्षी दलको बहिस्कारपछि मधेशका मुख्यमन्त्रीले लिए विश्वासको मत

४ वैशाख, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । मंगलबार प्रतिपक्षमा रहेका दलहरु नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले बहिस्कार गरेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत पाएका हुन् ।
उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावमा १०७ प्रदेशसभा सदस्यमध्ये ६१ जनाले समर्थन जनाए । प्रतिपक्षी दलहरुले बहिस्कार गरेका कारण विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मत परेन ।
मंगलबार मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक जनमत पार्टीले गत ८ माघमा सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा तत्कालीन शिक्षामन्त्री महेशप्रसाद यादवमाथि भएको आक्रमणको घटनाको छानबिन गर्न समिति गठनको माग गरेर अवरोध गर्‍यो ।
जनमतको अवरोधका कारण सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेर दलहरुबीच छलफल गराएका थिए । तर छानबिन समिति गठनमा सहमति हुन नसकेपछि साँझ बसेको अर्को बैठक पनि जनमतले अवरोध गर्‍यो ।
तेस्रो पटक जनमतले नाराबाजी गरेपछि सभामुख रामचन्द्र मण्डलले जनमतका दलका नेता महेश प्रसाद यादवलाई बाहिर निकाल्न रुलिङ गरेका थिए । उनीसहित जनमतका सांसद निस्केपछि कांग्रेस र लोसपाका सांसद पनि बाहिर निस्केका थिए । त्यसपछि सभामुखले मत विभाजन गरी पक्ष र विपक्षमा मतदान गर्न समय दिएका थिए ।

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

४ बैशाख २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

४ बैशाख २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

४ बैशाख २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

४ बैशाख २०८१, मंगलवार
Next Post
जलिरहेको अवस्थामा एक युवतीको शव बरामद

जलिरहेको अवस्थामा एक युवतीको शव बरामद

मोरङको रानीमा आज पनि झडप, डीएसपीसहित सात घाइते

मोरङको रानीमा आज पनि झडप, डीएसपीसहित सात घाइते


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh