Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा महाेतरीकाे सम्सी गाउँपालिकाबाट तीनजना पक्राउ

प्रतिक्षा खबर
२०८० माघ २६, शुक्रबार १८:३८

२६ माघ,महोत्तरीमा डाँका गर्दै बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीको सम्सी गाउँपालिका १ मा बस्दै आएकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चारजनालाई पक्राउ गरेर महोत्तरी प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा महोत्तरीको सम्सी गाउँपालिका २ बस्ने २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारत बिहारका २१ वर्षीय जियाउल अन्सारी रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।
घटना गत २३ गते रातिको हो । प्रहरीका अनुसार राति साढे १ बजेको समयमा बालिकाले लगाएको आमाको गरगहना लुटपाट गरी अपहरण गर्दै घरबाट डेढ किलोमिटर पर लगेर पालैपालो जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
बालिकाले भनेको हुलियाको आधारमा बिहीबार राति ८ बजे उनीहरुलाई पक्राउ गरी पीडित बालिकाबाट सनाखत समेत गराई अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको र फरार एकजनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर