Advertisement
ताजा खबर
चकलेटको प्रलोभनमा ३ वर्षीया बालिकालाई करणी गरि हत्या : दुई जना पक्राउ साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी

उपेन्द्रले भवन शिलान्यास गर्न लागेपछि कृषि विश्वविद्यालयमा जनमतले लगायो ताला

प्रतिक्षा खबर
२०८० माघ ७, आईतवार १९:२७

७ माघ, सत्ता साझेदार जनमत पार्टीका कार्यकर्ताले कृषि विश्वविद्यालयमा ताला लगाएका छन् ।
विश्वविद्यालयमा राजनीतिकरण रोक्नुपर्ने, डीपीआरमा भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने, परीक्षा बोर्डबिनै लिइएको परीक्षाको छानबिन गर्नुपर्ने लगायत माग राखेर जनमतका कार्यकर्ताले विश्वविद्यालयमा ताला लगाएका हुन् ।
‘विश्वविद्यालयलाई देखाएर जसपाले आफ्नो राजनीति गरिरहेको छ । हामी विश्वविद्यालय बनोस् भन्ने हाम्रो माग हो’, जनमतका केन्द्रीय सचिव बीपी साहले भने ।
मधेश प्रदेश सरकारबाट सञ्चालित कृषि विश्वविद्यालयको भवन भोलि शिलान्यास कार्यक्रम तय भएको छ । उक्त भवन शिलान्यास जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गर्ने तयारी छ ।
तर भवन शिलान्यासकै विषयमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवबीच समेत मतभेद देखिएको छ ।
मुख्यमन्त्री यादवले आफ्नै अध्यक्ष उपेन्द्र र शिक्षामन्त्री यादवले पनि आफ्नै अध्यक्ष सीके राउतलाई प्रमुख अतिथि बनाउने पक्षमा छन् ।
‘भोलि शिलान्यास नगर्नुहोस् भनेको छु । सरकारमा सहभागी दलहरुबीच छलफल गरेर अगाडि बढाउनुपर्छ’, शिक्षामन्त्री यादवले भने । तर, विश्वविद्यालयका रजिष्ट्रार भगवान ठाकुरले मुख्यमन्त्री यादवको निर्देशन मानेर विश्वविद्यालय भवन शिलान्यास कार्यक्रम राखेका छन् ।
यो विश्वविद्यालयको भवन उपेन्द्र यादव र सिके राउतकै क्षेत्र (सप्तरी–२) मा शिलान्यास हुँदैछ । राजविराज नगरपालिका-१३ मा बन्ने विश्वविद्यालय भवनको शिलान्यास उपेन्द्रले प्रमुख अतिथि भएर हुने भएपछि जनमत पार्टी रोक्न लागि परेको छ ।
‘यो क्षेत्रको माननीय सिके राउत हो । अनि हारेको व्यक्तिलाई प्रमुख अतिथि बनाएर शिलान्यास हुन सक्दैन’, जनमतका एक नेताले भने ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर