Advertisement
ताजा खबर
दुई लाख घुससहित विद्यालय व्यवस्थापन समिति सदस्य पक्राउ मिटरब्याज साहुहरु उत्रिए आन्दोलनमा चकलेटको प्रलोभनमा ३ वर्षीया बालिकालाई करणी गरि हत्या : दुई जना पक्राउ साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु

मनरा सिसवा नगरपालिकामा डकैती, लाखौंको धनमाल लुटपाट

प्रतिक्षा खबर
२०८० पुष २७, शुक्रबार २०:५६

महोत्तरीको मनरा सिसवा नगरपालिका–७ झिङगाथान पछबारी टोलबाट लाखौंको धनमाल लुटपाट भएको छ । लुटेरा समूहको कुटपिटबाट घरका दुईजना महिला घाइते भएका छन् ।
बिहीबार राति घरेलु हतियारसहित पाँच जनाको सङ्ख्यामा आएका नकाबधारी समूहले बैजु साहको घरमा लुटपाट गरको हो । समूहले घरका दुई जना महिला र चार जना केटाकेटीलाई कोठाभित्र थुनेर लुटपाट गरेको पीडितका नातेदार रैजु साहले बताउनु भयो । आठ÷नौ तोला बराबरका सुन चाँदीका गहना, नगद ५० हजार गरी करिब १० लाखभन्दा बढीको धनमाल लुटेको पीडितले जनाएका छन् ।
परिवारका तीन दाजुभाइ लामो समयदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएकाले महिला र नाबालक मात्र रहेको मौका पारी लुटपाट गरेको पीडित परिवारले बताउनु भयो ।
मनरा सिसवाका नगरप्रमुख मोहन पाण्डेले राति घटेको लुटपाटको घटनाले नगर क्षेत्रको सुरक्षामा प्रश्न खडा गरेको बताउनुभयो ।
जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक लोककृष्ण दाहालले घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर