Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सोनमा गाउँपालिका वडा नं २मा कपाली तमसुुक नविकरणको नाममा नियमविपरित रकम असुल्दै

प्रतिक्षा खबर
२०८० पुष २२, आईतवार २१:१६

नागेन्द्र साह
सोनमा : महोत्तरीको सोनमामा कपाली तमसुक नविकरणको नाममा नियमविपरीत रुपमा रकम उसुल गर्दै आएको छ । सोनमा गाउँपालिका वडा नं. २ को कार्यालयमा त्यस्ता तमसुक नविकरण गर्नका लागि आउने धनीसँग मनपर्दी रकम असुल्दै आएको छ ।
स्थानिय अरुण कुमार यादवले दिएको जानकारी अनुसार सो तमसुक तयार पार्नका लागि वडा कार्यालय परिसरमा रहेको लेखनदासले प्रतिव्यक्ति तीन सय रुपैयाँका दरले रकम लिदै आएको जनाएको छ । त्यस्तै ऋणी सम्पर्कमा नआउने धनीसँग वडा कार्यालयले पुर्जी काटि सम्पर्कमा ल्याउनका लागि सो रकम विना रसिदको असुल्दै आएको यादवले बताए । त्यस्तै स्थानिय सुधार कुमार यादवका अनुसार वडा कार्यालयमा निवेदन दर्ता गराउने क्रममा वडा सचिवले प्रति फाईल १ हजारका दरले माग गरेको र सो रकम नदिदा आफनो फाईल अझ पनि अलपत्र अवस्थामा रहेको जानकारी दिएका छन् ।
सुधिरले भने, वडाले माग गरेको रकम फाईल भित्र टाँस्ने गर्दछ । आफुसँग पनि सो रकम माग गरिएको र त्यसको रसिद माग गरेपछि आफनो फाईल अलपत्र पारिदिएको छ । यस सम्बन्धमा वडा कार्यालयमा रहेको वडाअध्यक्षसँग विस्तृतमा बुझन खोज्दा उनी सम्पर्कमा आउन चाहेन् ।
गाँउपालिकाको कार्यालयले त्यस्ता कपाली तमसुक नविकरणका लागि २ सय रुपैयाँ निर्धारण गरिएको कुनै पनि शर्तमा थप रकम नदिनका लागि सर्वसधारणमा आग्रह गरेका छन् । पालिका अध्यक्ष विश्वेश्वर प्रसाद यादवले पालिकाले निर्धारण गरिएको रकमभन्दा वढि माग गरेमा तत्काल आफुलाई जानकारी गराउनका लागि सर्वसधारणमा आग्रह गरेका छन् । आफुले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको त्यस्तो कार्यमा संलग्न कर्मचारी र जनप्रतिनिधीलाई कानुनअनुसारको कारवाही गरिने अध्यक्ष यादवले प्रतिवद्धता जनाएका छन् ।
सभार रुपान्तरण अन लाइन डट कम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर