Advertisement
ताजा खबर
चकलेटको प्रलोभनमा ३ वर्षीया बालिकालाई करणी गरि हत्या : दुई जना पक्राउ साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी

महोत्तरी जिल्ला अदालतको फैसला दुर्भाग्यपूर्ण : राजेन्द्र महतो

प्रतिक्षा खबर
२०८० मंसिर २९, शुक्रबार १८:३१

२९ मंसिर, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महताले महोत्तरी जिल्ला अदालतको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् ।
महतोले प्रेस वक्तव्य जारी गरेर मधेश आन्दोलनका बेला भएका घटनामा पूर्वाग्राही ढंगले मुद्दा दायर भएको र त्यसमाथि गरिएको फैसला दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन् ।
महोत्तरी अदालतले बिहीबार थमन विक हत्या प्रकरणमा लक्ष्मी महतो कोइरीलाई सफाइ दिएर अरुलाई जन्मकैदको सजाय सुनाएको छ । यो फैसलाले मधेशी जनतालाई हारको मनोविज्ञानमा धेकेल्ने काम गरेको पनि महतोले उल्लेख गरेका छन् ।
उनले मधेश आन्दोलनका बेला उठाएको एजेण्डा ज्यूका त्यू रहेकाले फेरि आन्दोलनमा उत्रन समेत आग्रह गरेका छन् । महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संघर्षमा उत्रने निर्णय लिन आफ्ना पार्टी अध्यक्ष महन्थ ठाकुरलाई आग्रह समेत गरेका छन् ।सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गरी नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ’, वक्तव्यमा उल्लेख छ ।
अधिकार र पहिचानको लागि भएको आन्दोलनलाई दबाउन राज्यबाट प्रपञ्च भइरहेकाले मधेशी मोर्चा र थरुहटका सबैलाई संयुक्त आन्दोलनका निम्ति महतोले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर