Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

हरिपूर्वा पुगेका प्रशासकीय अधिकृत २४ घण्टामै फिर्ता यसअघि पनि एक घण्टामै भएका थिए फिर्ता

प्रतिक्षा खबर
२०८० आश्विन १८, बिहीबार २०:५५

१८ असोज। हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा रुपमा हाजिर भएको २४ घण्टामै शम्भुप्रसाद यादवको जिम्मेवारी खोसिएको छ । १४ असोजमा रौतहटको देवाहीगोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका यादवलाई हरिपूर्वा नगरपालिकामा थप जिम्मेवारी दिने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्यण गरेको थियो ।
उनलाई अर्को व्यवस्था नभएसम्मका लाथि हरिपूर्वामा थप जिम्मेवारी लिन भनिएको थियो । तर, उनले हरिपूर्वामा हाजिर भएर नियमित काम सुरु गर्न नै पाएनन् । बुधबार हाजिर भएका उनले बिहीबार कर्मचारीहरुसँग छलफल गरेका थिए ।
तर, बिहीबार नै मन्त्रालयले उनको थप जिम्मेवारी दिने निर्णय उल्ट्याएर देवाहीगोनाहीका लागि मात्रै प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्न तोकेको छ ।
१७ वैशाखमा पनि हरिपूर्वामा हाजिर भएको एक घण्टामै उनको काजमा खटाउने निर्णय फिर्ता भएको थियो । मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा शाखा अधिकृत रहेका उनले हरिपूर्वामा खटाएलगत्तै हाजिर नहुन दबाब खेप्नु परेको थियो । जोडबल गरेर नगरपालिकामा हाजिर भएका उनलाई एक घण्टामै सामान्य प्रशासन मन्त्रालयबाट साविककै जिम्मेवारीमा फर्किन पत्र काटेको थियो ।
उपसचिवमा बढुवा भएपछि अहिले रौतहटमा देवाही गोनाहीमा प्रमुख प्रशासकीय अधिकृत रहेका उनी फेरि हरिपूर्वा जान चाहिरहेकै थिए । हरिपूर्वाका मेयर विनोदकुमार साह पनि उनलाई लैजान दुई सातासम्म सिंहदरबार जोडबल लगाएका थिए ।
५ असोजमा मन्त्रालयले शाखा अधिकृत दिलीप कुमार यादवलाई हरिपूर्वामा पठाएको थियो । तर, सिरहाबाट पठाइएका दिलीपकुमार हरिपूर्वा जान तयार नभएको भन्दै निवेदन दिएपछि शम्भुकमार यादवलाई थप जिम्मेवारी दिइएको थियो ।
२४ भदौमा मन्त्रालयले आफू खटिन इच्छुक रहेको स्थानीय तह उल्लेख गरेर निवेदन माग्दा शम्भुप्रसाद यादवले हरिपूर्वामा सरुवा माग्दै आवेदन दिएका थिए । रौतहटको देवाही गोनाहीमा प्रमुख प्रशासकीय अधिकृत रहेका उनले घरपायक हुने गरी हरिपूर्वा नगरपालिकामा सरुवा मागेका थिए ।
मेयर साहले हरिपूर्वा नै गृहनगर भएका संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवका कारणले यस्तो अवस्था आएको आरोप लगाउादै आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोत पनि खानेपानीमन्त्री यादवले नै शम्भुकुमार यादवदाई फिर्ता गराउन दबाब दिएको स्वीकार्छ ।
‘मन्त्रीज्यू कुनै पनि हालतमा आफूअनुकुलमा मान्छेबाहेक अरुलाई त्यहाँ काम गर्न दिने पक्षमा हुनुहुन्न रहेछ,’ एक अधिकारीले भने,‘उहाँ मेयरलाई फेल गराउन चाहाने र मेयर पनि आफूले खोजेकै मान्छे लैजाने अडानमा रहँदा यस्तो अवस्था आएको हो ।
यही कारण चैत यता हरिपूर्वा नगरपालिकामा ५ जना प्रमुख प्रशासकीय अधिकृत खटिइसके । तर, कसैले पनि हाजिर भएर राम्रोसँग काम गर्न पाएका छैनन् ।
सवारी चालक र कार्यालय सहयोगी भर्नालाई लिएर नगरपालिकाकै जनप्रतिनिधिले दुर्व्यवहार गरेपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने १५ चैत २०७९ मा मिथिला नगरपालिका सरुवा लिएर हिंडेका थिए । उनको स्थानमा गएका ध्रुवराज आचार्य हरपूर्वामा हाजिर हुनै पाएनन् । नगरपालिका नटेक्दै धम्की खेपेका उनी २९ चैत २०७९ मा बाटैबाट सरुवा भए ।
त्यसपछि निमेष मिश्र प्रमुख प्रशासकीय अधिकृत भएर गए । २४ वैशाखमा सरुवा भएका उनी ‘राजनीतिक विवादको भुमरीमा नफस्ने’ भन्दै लामो समय नगरपालिकामा हाजिर हुनै चाहेनन् । ४ महिनादेखिको झगडाका कारण नगरपालिकामा तालाबन्दी समेत भएकाले उनी हरिपूर्वा जान खोज्दा पनि हच्किएका थिए ।
तत्कालीन संघीय मामिला सचिव कृष्णहरि पुष्करसँग सहमतिपछि मिश्र १० असारमा नगरपालिकामा हाजिर भए । २० असारमा बसेको नगर बैठकले २९ असारमा नगरसभा बोलाउने निर्णय गर्‍यो, तर नगरसभा बस्नुअघि नै प्रमुख प्रशासकीय अधिकृत मिश्रले हरिपूर्वा छाडे । मेयर साहले बहुमतका बलमा नगरसभाबाट बजेट पास गर्न खोजेपछि सद्भाव नै खल्बलिने डर भएको भन्दै उनी सर्लाहीबाट हिँडेका थिए ।
काठमाडौं आएका मिश्र नगरपालिका नफर्किएपछि नगरसभा नै प्रभावित भयो । २३ साउनमा नगरपालिकाले मिश्रलाई हाजिर गराइदिन संघीय मामिला मन्त्रालयलाई पत्र लेख्यो । पत्रमा मिश्र फर्किन नमाने अर्को कुनै उपसचिव पठाउन आग्रह गरिएको थियो । ४ भदौमा मिश्र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा सरुवा भए, तर हरिपूर्वामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएन ।
त्यसपछि मेयर साहले नगरवासी समेत रहेका उपसचिव शम्भुकुमार यादवलाई हरिपूर्वा ल्याउन लबिइङ थालेका थिए भने त्यसमा सहमत शम्भुकुमारले मन्त्रालयमा आवेदन समेत दिएका थिए । तर, मन्त्रालयले अधिकृतस्तरका कर्मचारीलाई सिरहाबाट प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएपछि फेरि मेयर सहा काठमाडौं आएर शम्भुमार यादवलाई थप जिम्मेवारी दिने निर्णय गराएर फर्किएका थिए ।
तर, प्रधानमन्त्रीसँगै चीन भ्रमणबाट फर्किएलगत्तै खानेपानीमन्त्री यादवले हरिपूर्वामा शम्भु यादवलाई खटाउने निर्णय फिर्ता लिन दबाब दिएको स्रोतको दाबी छ । मन्त्री यादव र उपसचिव शम्भुकुमार यादवको गाउँ एउटै भएपनि उनीहरूबीच सुमधुर सम्बन्ध छैन ।
मेयर साह भने नगरको प्रमुख प्रशासकीय अधिकृत को राख्ने/नराख्ने भन्नेबारे सिंहदरबारका मन्त्रीहरुले गरिरहेको हस्तक्षेपलाई संघीयतामाथिकै प्रहार भन्छन् । ‘यो हदसम्मको खेलाँची हुनु लज्जास्पद र खेदजनक छ,’ उनले भने, स्थानीय तहको अधिकारमाथिको यस्तो ठाडो हस्तक्षेप स्वीकार्य छैन ।’
प्रशासकीय अधिकृत समेत नहुँदा हरिपूर्वाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगरसभामा पेश गर्न पाएको छैन । यसले नगरका योजनाहरू अलपत्र परेका छन् भने चालु योजनामा भुक्तानी दिन समस्या परेको छ ।
दशैंको मुखमा कर्मचारीले तलब पाएका छैनन् भने संघबाट गएको सामाजिक सुरक्षाभत्ता समेत वितरण हुनसकेको छैन । नगरपालिका निर्णयको बन्दी बनेको छ । गत चैतदेखि नै काम बन्द भएपछि संघ सरकारबाट गएको १५ करोड अनुदान फ्रिज भएको अध्यक्ष साह बताउँछन् ।
यो वर्ष पनि गत वर्षकै अवस्था दोहोरिन लागेको उनको गुनासो छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर