Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

शिक्षक महासंघलाई वार्तामा आउन शिक्षा सचिवको आग्रह

प्रतिक्षा खबर
२०८० भाद्र ३१, आईतवार २०:१७

३१ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा रहेका प्रावधानको विरोधमा आन्दोलन घोषणा गरेको नेपाल शिक्षक महासंघलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएको छ ।
११ औँ राष्ट्रिय विज्ञान दिवस र राष्ट्रिय शिक्षा दिवसको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले वार्तामा आउन शिक्षक महासंघलाई आग्रह गरेका हुन् ।
‘विद्यार्थीको पठनपाठन असर गर्नेगरी गतिविधि गर्नु उपयुक्त होइन । विद्यार्थीको भविष्य हेर्नुपर्छ । शिक्षकको हक हितका विषयमा कुरा गर्न ओपन छौँ’, उनले भने ।
मन्त्रालयले संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक शिक्षकको हक हितविरुद्ध रहेको भन्दै शिक्षक महासंघले ३ असोजदेखि देशभरका विद्यालयमा पठन पाठन छाडेर सडक आन्दोलन गर्ने घोषणा गरेको छ ।
मन्त्रालयले आन्दोलन फिर्ता गरेर वार्तामा बोलाएको छ । ‘शिक्षक महासंघका अध्यक्षलाई फोन गरेर बोलाएका छौँ । लाखौं बालबालिकाको भविष्यमाथि प्रहार गर्नुहुँदैन । काठमाडौं आएर सडक आन्दोलनमा केन्द्रित भएपछि विद्यालय फर्किन समय लाग्छ, त्यो नगर्नुहोस्’, सचिव अधिकारीले भने ।
संघीयताको मर्म अनुसार विधेयक तयार पारेर संसदमा पठाएको सचिव अधिकारीले बताए । ‘शिक्षा विधेयक संघीय ढाँचा अनुसार पठाएका छौं । शिक्षा क्षेत्रलाई संघीयताको ढाँचा अनुरुप बनाएका छौं’, उनले भने, ‘विधेयकमा केही असन्तुष्टि छन् । विधेयक संसदमा दर्ता भएको छ । छलफल होला । कतिपय परिमनार्जन पनि होला ।
शिक्षक महासंघले उठाएको धेरैजसो विषय सेवा सुविधा र बजेटसँग जोडिएको भन्दै उनले विधेयकमा सरकारको क्षमता अनुसारको व्यवस्था राखेको बताए ।
माध्यमिक शिक्षा स्थानीय तह मातहत रहने संविधानकै व्यवस्था भएकाले सरुवा, बढुवा, विभागीय कारबाही र दरबन्दी स्थानीय तहबाट नै हुने सचिव अधिकारीले बताए । महासंघले उठाएको ट्रेड युनियन अधिकारका कतिपय विषय भने नियमावलीबाट सम्बोधन गर्न सकिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर