Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

मधेशका सभामुख भन्छन् : भ्रष्टाचार नियन्त्रण गर्न जन्मकैदसम्मको व्यवस्था हुनुपर्छ

प्रतिक्षा खबर
२०८१ माघ २८, सोमबार २०:३५

२८ माघ, जनकपुरधाम । मधेशका सभामुख रामचन्द्र मण्डलले भ्रष्टाचार नियन्त्रण गर्न सार्वजनिक पदधारण गरेका व्यक्तिहरूको तीन पुस्ते सम्पत्ति शुद्धीकरण आवश्यक रहेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसमा आयोगको क्षेत्रीय कार्यलय बर्दिबासले जनकपुरधाममा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै सभामुख मण्डलले सम्पत्ति शुद्धीकरणसँगै भ्रष्टाचारीलाई जन्मकैदसम्मको सजायको व्यस्था हुनुपर्ने बताए ।

‘लाखौं कमाएको हुन्छ। महिना वर्षदिनको जेल सजायको व्यवस्था छ । त्यसले भ्रष्टाचार गर्नेहरू डराउँदैन। जन्मकैदसम्मको साजयसम्मको कानुनमा व्यवस्था हुनुपर्छ’ सभामुख मण्डलले भने। कानुन बाझिने गरी निर्माण हुँदा पनि त्यसले भ्रष्टाचार बढाएको उनको उनले बताए । भ्रष्टाचारले समाजमा असमान्ता र विद्रोहको भावना जागृति गरिरहेको सभामुख मण्डलको भनाइ थियो।

कार्यक्रममा प्रमुख अतिथि रहेका मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह अहिलेको तलबभत्ताले कर्मचारी र पदाधिकारीलाई समान्य लाउन खान, तथा छोरीछोरीलाई पढाउन नै सकस भएकाले भ्रष्टाचार बढेको धारणा राखे। उनले कम्तिमा खान लाउन पुग्ने गरी तलबको व्यवस्था भए भ्रष्टाचार नियन्त्रण हुन सक्ने बताए ।

उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेलले के कारणले भ्रष्टाचार बढेको भन्ने कुराहरू पत्ता लगाएर त्यही अनुसार सरकार अघि बढ्नु पर्ने तर्क राखे । समाजमा भ्रष्टाचार सर्वस्वीकार्यताले पनि बढेको हुन सक्ने उनको भनाइ छ ।

अख्तियारका बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङको अध्यक्षतामा भएको कर्यक्रममा मधेश सरकारका प्रमुख सचिव मदन भुजेलले पनि आफ्ना धाणा राखेका थिए । कार्यक्रममा मधेशका मन्त्रालयका सचिव, वभिन्न पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरूको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर