गोपाल झा
महोत्तरी , श्रावण २३ गते
महोत्तरी लगायत मधेश प्रदेशमा लामो समयको खडेरी पछि आइतबार साँझदेखी वर्षा भइृरहे पनी धान रोपाईकोलागी चाहिने जती पानी खेतमा न हुँदा किशानको चिन्ता टर्न सकेको छैन ।
लामो खडेरीपछि आएको सिमसिमे पानीले मौसमी राहत मिले पनि कृषि क्षेत्रमा यो वर्षाले अपेक्षित लाभ न हुने देखीएको छ । ५० हजार भन्दा बढी हेक्टर खेतीयोग्य जमिन रहेको महोत्तरीमा खडेरीका कारण २०.देखी ३० प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । साउन महिनाको तेश्रो हप्ता सम्ममा बर्षाको अभावले धाान रोपाई न हुँदा जिल्लाको करिब ८० प्रतिशत भूभाग बाँझो रहेको छ ।
यता हिजोदेखि वर्षा भएपछि यस क्षेत्रका बासिन्दाहरुलाई केही राहत भएको छ । किसानहरुले जेन तेन उपाय गरेर विद्युतीय मोटर र डिप बोरिङको सहयोगमा लगाएको धान सुक्दै गरेको बेला यो वर्षालाई अमृतको रूपमा लिएका छन् । वर्षाले खेतमा पानी नलागे पनि ‘वाटर लेभल’ भने रिचार्ज भएको छ ।
वाटर लेभल तल गएपछि चापाकल, ईनार र डिप बोरिङहरु पनि सुक्न थालेर खानेपानीको पनि ठाउँ ठाउँमा समस्या भएको छ । तर राति देखी भई रहेको वर्षाले वाटर लेभल रिचार्ज भएपछि अब खानेपानीको समस्या केहि हदसम्म समाधान हुने देखिएको छ ।
खडेरीको अवस्थामा हिजोदेखि भएको वर्षाले ठूलो राहत पाएको मनरा सिस्वाका किसान रामस्वरुपको भनाइृ छ । उनले डिप बोरिङको सहायताले रोपेको धानमा पानी लागेको छ । यसरी बीच बीचमा वर्षा भयो भने केही न हेकी उब्जा भइहाल्छ तर फेरी वर्षा भएन भने खडेरीको सामना गर्नुपर्छ ।
मौसम विभागका अनुसार तराई मधेशमा दुई तीन दिन अझै वर्षाको सम्भावना छ । अब कहिलेकाहीँ हल्का वर्षा भए रोपिसकेको धान उब्जिहाल्ने किसानहरूको विश्वास छ ।
न्यून वर्षा भएर धान रोपाई थोरै भएको र रोपिएको धानहरु पनि सुक्न थालेपछि महोत्तरी लगायत मधेश प्रदेशका बिभिन्नन जिल्ला विपद् व्यवस्थापन समितिले सुख्खा क्षेत्र घोषणा गरी किसानहरुलाई राहत दिन संघ र प्रदेश दुवै तहका सरकारलाई सिफारिस पनि पठाइसकेको छ ।






