Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

प्रहरी समायोजन गर्न संघीय सरकारलाई मधेशको ३० दिने अल्टिमेटम

प्रतिक्षा खबर
२०८० कार्तिक २२, बुधबार १८:४५

२२ कात्तिक, जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रहरी समायोजन गर्न ३० दिनको अल्टिमेटम दिएको छ । यसबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वमा दलहरुको टोली काठमाडौं आउँदैछ ।
त्यसको अघिल्लो दिन बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले संविधान बनेको ८ वर्ष र प्रदेश सरकार बनेको ६ वर्ष भइसक्दा पनि अधिकार नपाएको बताए । प्रहरी प्रशासन प्रदेशको एकल अधिकार सूचीमा भएपनि अहिलेसम्म प्रदेशको मातहतमा नआएको भन्दै उनले भने, निजामती ऐन लगायतका धेरै विषय छन्, जुन प्रदेशलाई हस्तान्तरण गरिएको छैन । यसले प्रदेश सरकारलाई काम गर्न धेरै अठ्यारो भएको छ ।
यसबारे पटकपटक प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएको उनले बतए । एक साता अगाडि पनि भन्नुभयो कि आउने क्याबिनेटबाट प्रहरी समायोजन गर्छु, अध्यादेशबाट निजामती ऐन ल्याउँछु । तर भएन ।
त्यसैले सरकारलाई दबाब दिन भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाउन लागेको भन्दै मुख्यमन्त्री यादवले भने, ‘भोलि प्रधानमन्त्रीज्यू कहाँ ज्ञापनपत्र बुझाउने छौं ३० दिनको समय दिएर ।
३० दिनभित्र कार्यान्वयनमा गएन भने चरणवद्ध आन्दोलनमा जाने उनले बताए । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका दल नेतालाई दायाँबायाँ राखेर पत्रकार सम्मेलन गरेका उनले भने, ‘काठमाडौंमा धर्ना दिन्छौं, जिल्ला जिल्लामा धर्ना दिन्छौं । अब आन्दोलन हुन्छ भने आरपारको हुन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर