Advertisement

खेलाडीलाई बधाई दिँदै राष्ट्रपति रामचन्द्र पौडेल

प्रतिक्षा खबर
२०७९ चैत्र ३, शुक्रबार १७:३७

खेलाडीलाई बधाई दिँदै राष्ट्रपतिले भने- ठूलाे सफलता प्राप्त गर्नुभयाे
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्नु नहुने बताएका छन्।
आइसिसी लिग– २ मा तेस्रो स्थान प्रात गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार शीतलनिवासमा बोलाएर बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु नहुने बताएका हुन्।
उनले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताए। उनले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यकता औँल्याए।
राष्ट्रपति पौडेलले भने, ‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईंहरू विश्वकपको यात्राका लागि जाँदै हुनुहुन्छ। मैले हिजो इन्ट्रेस दिएर हेरेँ, असाध्यै राम्रो खेल थियो। दर्शकहरू पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो। पूर्वाधारको कमी छ। तैपनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नुहुँदैन। यसमा त विश्वका देशहरूसँग प्रतिस्पर्धा हुन्छ, देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ, खेलाडीको मनोबल बढाउन सरकार लाग्नुपर्छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर