Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

सत्तारुढबाट रामसहाय नै उपराष्ट्रपति उम्मेदवार

प्रतिक्षा खबर
२०७९ फाल्गुन २६, शुक्रबार २१:४६

२६ फागुन, काठमाडौं । सत्तारुढ आठ दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकबाट उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाइने भएको छ । दोस्रो तहका नेताहरु सम्मलित संयन्त्रको शुक्रबार बसेको बैठकले शीर्ष नेताहरुबाटै उपराष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने सहमति गरेको हो । ‘भोलि बिहान आठ दलको बैठक बस्दैछ, त्यहीबाट हामी उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउँछौं’, कार्यदलका संयोजक एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का भन्छन् ।
उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्नकै निम्ति खड्का नेतृत्वमा रहेको संयन्त्रको बैठक शुक्रबार बसेको थियो । तर शीर्ष नेताहरु सम्मिलित बैठकले निर्णय गर्ने सहमति जुटेपछि दोस्रो तहका नेताहरुको बैठक भने राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन मतदान गर्नेहरुलाई धन्यवाद दिएर बैठक सकियो । ‘उपराष्ट्रपतिबारे सामान्य छलफल मात्रै भयो । औपचारिक निर्णय भने शीर्ष नेताहरुसहित बसेर गर्ने कुरा भयो’, एकीकृत समाजवादीका महासचिव डा.वेदुराम भुसाल भन्छन् ।
उपराष्ट्रपतिको मनोनयन दर्ता गर्ने समय एक दिन मात्रै बाँकी रहँदा बसेको दोस्रो तहका नेताहरुको बैठकले शीर्ष नेतृत्वबीच छलफलको आवश्यकता देख्नुमा भने सत्तारुढभित्रकै दलहरुले अलग–अलग उम्मेदवार उठाउने निर्णय गर्नु हो ।
शुक्रबार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले उपराष्ट्रपतिको उम्मेदवाबारे अलग–अलग निर्णय लिएका थिए । जनमत पार्टीले ममता झा र नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । यद्यपि ४५ वर्ष उमेर पुगेको हुनुपर्ने संवैधानिक प्रावधानका कारण अध्यक्ष श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बन्न पाउने छैनन् ।
जनमत र नाउपाले भन्दा पहिले नै जनता समाजवादी पार्टी (जसपा) ले रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको कार्यकार्यकारिणी समितिको बैठकले संसदीय दलका नेता यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । स्रोतका अनुसार, सत्तारुढभित्रै एकभन्दा बढी उपराष्ट्रपतिको उम्मेदवारबारे उम्मेदवार देखिनु र शीर्ष नेताहरुबीच नै सहमतिको आवश्यकता पर्नुमा जसपाले हतारमा निर्णय गर्नु हो ।
‘जसपालाई उपराष्ट्रपति दिने त्यो चार दलको (कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादी) कुरा मात्रै थियो । आठ दलबीच छलफल भएको थिएन’, स्रोत भन्छन्, ‘तर जसपाले हतारमा निर्णय गर्दा थोरै समस्या देखियो ।
जसपाकै एक नेता पनि आफ्नो पार्टीबाट हतार भएको स्वीकार्छन् । ‘समय त बाँकी थियो, तर प्रमुख दलहरुबीच कुरा भइनसकेकाले निर्णय गर्दा थोरै समस्या आयो’, ती नेता भन्छन् ।
नेताहरुका अनुसार चार दलबीच जसपालाई उपराष्ट्रपति दिने सहमति भने १२ फागुनमै जुटेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले उपराष्ट्रपति पाउनुपर्ने अडान छाडेपछि जसपाले उक्त पद पाएको थियो । त्यही सहमति अनुसार, जसपा आठ दलीय गठबन्धनमा सहभागी भयो भने राष्ट्रपतिमा कांग्रेस नेता पौडेल निर्वाचित भइसके ।सत्तारुढका नेताहरु, सहमति अनुसार उपराष्ट्रपति पद जसपाले पाउनेमा कुनै समस्या नरहेको बताउँछन् ।
तर ठूला दलहरुबीच जुटेको सहमतिलाई आठ दलीय गठबन्धनले औपचारिकता दिन बाँकी रहँदै जसपाले निर्णय गरेकाले जनमत र नाउपाको पनि दावी देखिएको उनीहरु बताउँछन् । ‘कुनै दलले उम्मेदवारबारे निर्णय गर्दैमा फरक पदैन । हामीले पनि रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने निर्णय सहमति हुनुभन्दा पहिले गरेको हो’, कांग्रेस उपसभापति खड्का भन्छन् ।
राष्ट्रपतिको चुनाव नसकिँदै जसपाले उपराष्ट्रपति पदमा उम्मेदवार चयन गरेपछि अर्को समस्या पनि सतहमा आएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति खस–आर्य समूहका पुरुष निर्वाचित भएकाले उपराष्ट्रपतिमा महिला आउनुपर्ने अभिव्यक्ति दिएका छन् ।
आयोगको निर्णयमा खस–आर्य पुरुष बाहेकका समुदाय वा लिङ्गबाट उपराष्ट्रपतिमा मनोनयन गराउन सकिने उल्लेख छ । त्यो बक्तव्यबारे व्याख्या गर्दै प्रमुख आयुक्त थपलियाले उपराष्ट्रपतिको उम्मेदवार महिला, त्यो पनि खसआर्यभन्दा अरु हुनुपर्ने तर्क गरेपछि सत्तारुढका नेताहरु झस्किएका छन् ।
शुक्रबार कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रमुख निर्वाचन आयुक्त थपलियालाई टेलिफोन गरेर उपराष्ट्रपतिको उम्मेदवारबारे आयोगको औपचारिक धारणा सोधेका थिए । यदि पुरुष राष्ट्रपति भइसकेकाले उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्छ भन्ने आयोगको आशय भए त्यो संवैधानिक व्यवस्थाको खिलाप हुने उनले प्रमुख आयुक्तलाई सम्झाएका थिए । ‘संविधानमा फरक लिंग वा समुदाय भनिएको छ’, लेखकले भने, ‘फरक लिंग र समुदाय भनेको भए मात्र महिला वा अरु लिंगको हुनुपर्छ भन्न मिल्छ ।
सत्तारुढ ८ दलले राष्ट्रपति र उपराष्ट्रपतिमा अलगअलग समुदायका पुरुष भएपनि हुने संविधानको व्यवस्था सम्झाउनुको कारण पनि जसपाले रामसहायलाई उम्मेदवार बनाउने निर्णय गर्नु नै हो । ‘संविधानको व्यवस्था हेरेर नै जसपाले निर्णय लिएको हो, त्यसमा समस्या आउनेगरी अरु छलफल हुँदैन’, गठबन्धनका एक नेता भन्छन् ।
गठबन्धनका दलहरुभित्रै राष्ट्रपति र उपराष्ट्रपतिमा दुवै जना पुरुष पठाउन नहुने मत भएपनि जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो निर्णय परिवर्तन गर्न सक्ने संभावना न्यून छ । किनकि यो निर्णयमा अध्यक्ष यादवको व्यक्तिगत स्वार्थले काम गरेको छ ।
उनी बारा–२ बाट जितेका रामसहायलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचन लड्ने योजनामा छन् । गत निर्वाचनमा उपेन्द्र सप्तरी–२ बाट पराजित भएका थिए । उपनिर्वाचनबाट संसदमा आउने हतारोमै अध्यक्ष यादवले सत्ता गठबन्धनबीच औपचारिक निर्णय हुन बाँकी रहँदै उपराष्ट्रपतिबारे निर्णय गरेका हुन् । जबकी राष्ट्रपतिमा पौडेललाई मत दिएर संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सत्तारुढ गठबन्धनमै मिसिएको छ ।
शनिबार हुने उपराष्ट्रपतिको मनोनयनबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत कुनै निर्णय गरेको छैन । राष्ट्रपतिको चुनावमा एक्लिएको एमालेले उपराष्ट्रपतिबारे निर्णय लिनकै निम्ति शनिबार बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ । ‘सबै परिस्थितिको विश्लेषण गरेर अनि सत्ता गठबन्धनको उम्मेदवार हेरेर निर्णय लिन्छौं’, सचिव पद्या अर्याल भन्छिन् ।
नेताहरुका अनुसार उपराष्ट्रपतिमा पनि सत्ता गठबन्धनले पुरुष उम्मेदवार उठाए एमालेले उम्मेदवारी दिने संभावना देखिन्छ । तर राष्ट्रपतिको चुनावमा देखिएको मतभार हेर्दा एमाले उम्मेदवारले जित्ने संभावना छैन । ३२ हजार ८०२ मतभार पाएर बिहीबार पौडेल मुलुकको तेस्रो राष्ट्रपति निर्वाचित हुँदा एमालेका सुवास नेम्वाङले १५ हजार ५१८ मत मात्रै पाएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर