Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

चिकित्सकको प्रत्यक्ष निगरानीमा बिद्यार्थीहरुलाइ हात्तीपाईले रोग बिरुद्धको आम औषधि खुवाईयो

प्रतिक्षा खबर
२०७९ फाल्गुन १५, सोमबार २२:१६

गोपाल झा
महोत्तरी , फल्गुन १५ गते

हात्तीपाईले रोग बिरुद्धको औषधि खुवाउने अभियान अन्तरगत आज बिद्यार्थी बिद्या निकेतन स्कुलका बिद्यार्थीहरुलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा औषधी खुवाईएको छ ।

फाल्गुन ११ गते देखी राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत सोमबार १५ गते एकडारा गाँउपालीका वडा नं. १ स्थित श्री बिद्यार्थी बिद्या निकेतन बेर्डीङ्ग स्कुलमा अध्ययनरत बिद्यार्थीहरुलाई हात्तीपाईले रोग बिरुद्धको आम औषधि खुवाईएको छ ।
क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीबीबाट सर्ने यो रोग शरीरको कुनै एक भाग वा अङ्गमा लाग्ने र त्यो अङ्ग सुनिँदै जाँदा यो हात्तीपाइले रोग बिरुद्धको आम औषधी राष्ट्रिय अभियान चलाएर खुवाईदै छ ।

एकडारा गाउँपालिकाका चिकित्सक भुषण यादब तथा बिपिन कुमार मण्डलको चिकित्सीय टोली यस स्कुलमा अध्ययनरत पाँच बर्ष देखी १५ बर्ष सम्मका करीब ८० जना बिद्यार्थीहरुलाई औषधी सेवनगर्ने मापदण्ड अनुसार हाईट नाप जाँच गरेर आफ्नै निगरानमिा औषधी खुवाईएको छ ।
यो औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती महिला , सात दिनको सुत्केरी र सिकिस्त बिरामीले खान नहुने स्वास्थ्यकर्मीको भनाइ छ । साथै खाली पेटमा पनी यो औषधि न खानसमेत आग्रह गरिएको छ ।

शरीरमा हात्तीपाइले रोगको जिवाणु रहेका व्यक्तिले औषधि सेवन पश्चात् सामान्य केही लक्षण देखिने हुँदा न आत्तिन पनि आग्रह गरिएको छ । नेपालमा सन् २०१२ बाट हात्तीपाइले विरुद्धको औषधि खुवाउन शुरु गरिएको हो । देशभर कूल ६३ जिल्लामा हात्तीपाइलेको प्रभाव देखिएकोमा महोत्तरीमा समेत जोखिम कायमै रहेको छ । हात्तीपाइले रोग क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो रोग लागेको ६ देखि १० वर्षपछि मात्रै शरीरको बाहिरी भागमा देखापर्ने भएकाले रोगलाग्नु भन्दा अघि नै औषधि सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

हात्तीपाइले शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँदछ र यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने र धेरैजसो सङ्क्रमण लक्षण विनाको हुने भएकाले समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने सम्भावना धेरै हुने डाक्टरहरुको भनाइ छ ।
यो एक पटक लागेपछि जीवनभर निको हुँदैन । मानिसको शरीरमा हात्तीपाइले रोगको परजीवी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन । यो परजीवी करीब छ वर्षसम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छ ।
यो परजीवी शरीरमा रहे हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै कसैलाई ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने जस्ता सामान्य असर देखापर्न सक्ने जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर