Advertisement
ताजा खबर
भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय
भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

माओवादीसँग एकता गर्न प्रभुले खोले पार्टी

प्रतिक्षा खबर
२०७९ पुष १४, बिहीबार २१:२८

१४ पुस, काठमाडौं । नेकपा एमाले छाडेर स्वतन्त्र चुनाव लडेका प्रभु साहले बुधबार आफ्नै अध्यक्षतामा आम जनता पार्टी घोषणा गरे । अनि, अग्रगामी शक्तिहरुसँग सहकार्य र एकताका लागि तीन सदस्यीय वार्ता टोली पनि बनाएका छन् ।
पार्टी घोषणाकै दिन अरु दलसँग एकताका लागि वार्ता टोली बनाएकाले आम जनता पार्टी कति दिनका लागि हो भन्ने प्रश्न उठेको छ । मधेशको नेता बन्ने महत्वाकांक्षा बोकेका साह नयाँ पार्टी बनाएर माओवादीसँग एकता गर्ने तयारीमा छन् ।
सशस्त्र विद्रोहबाट माओवादी शान्ति प्रक्रियामा आएपछि साह पार्टीमा मधेसको नेतृत्व गर्न चाहन्थे । केन्द्रीय सदस्य हुँदै पोलिट्ब्यूरो सदस्यसम्म भएका उनले प्रदेशको नेतृत्व गर्ने जिम्मेवारी पाएनन् । पछिल्लो समय तत्कालीन नेकपाको विभाजनका बेला एमालेतिर लागे । दशौं महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका साहले पार्टीमा मधेशको नेतृत्व दाबी गर्दै आएका थिए ।
४ मंसिरको प्रतिनिधिसभा चुनावमा एमालेले रौतहट क्षेत्र नम्बर ३ को टिकट दिएको पनि थियो । तर उनले पार्टीले दिएको टिकट खल्तीमा हालेर स्वतन्त्र उम्मेदवारी दर्ता गरे । आफूनिकट नेताहरुलाई प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिन लगाएका उनले ‘स्वतन्त्र उम्मेदवार जिताउ अभियान’ चलाएका थिए ।
उनीहरुमध्ये साहलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गर्‍यो र उनले चुनाव पनि जिते ।
चुनावलगत्तै पार्टी गठनको तयारीमा जुटेको साह समूहले ‘स्वतन्त्र उम्मेदवार जिताउ अभियान’ लाई आम जनता पार्टीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले अन्तरिम विधान पास गर्नुका साथै साहको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति पनि गठन गरेको छ ।
अनि पार्टी घोषणा गरेकै दिन अग्रगामी शक्तिहरुसँग सहकार्य र एकताका लागि भन्दै उपेन्द्र साह, रामप्रित राम र इस्लाम हावारी रहेको तीन सदस्यीय वार्ता समिति पनि बनाएको छ ।
नेताहरुका अनुसार साह माओवादीमा आउन चाहन्छन् । पार्टी प्रवेश गर्दा आफू र आफ्नो समूहका नेताहरुको उचित व्यवस्थापन नहुने देखेपछि उनले पहिले पार्टी खोल्ने र माओवादी केन्द्रसँग एकता गर्ने रणनीति लिएका हुन् । माओवादी केन्द्रका नेताहरुसँग हुने छलफलमा समेत उनले यो लुकाएका छैनन् ।
माओवादीमा असन्तुष्ट भएर पार्टी खोल्ने र एकता गर्दै फर्किने प्रयोग नयाँ भने होइन । मातृका यादव, मणि थापाहरुले यस्तै गरेका थिए । यादवले माओवादी छाडेर नेकपा (माओवादी) र मणि थापाले क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाएका थिए ।
२०७३ मा एकताबाट माओवादी केन्द्रमा फर्किँदा आफ्नो मात्र होइन, आफ्नो समूहका नेताहरुको पनि व्यवस्थापन गरे । मणि र मातृका दुबै स्थायी कमिटी सदस्य भए भने अरु नेताहरुले पनि पहिलाभन्दा बढी जिम्मेवारी पाए । मणि अहिले एमालेमा छन्, मातृका भने पार्टी उपमहासचिव छन् ।
अहिले प्रभुले पनि त्यही बाटो लिएको देखिन्छ । माओवादीका एक नेता भन्छन्, ‘पार्टी बनाएर आउँदा आफ्नो पदबारे पनि बार्गेनिङ गर्न पाइयो, अरु नेताहरुलाई केन्द्रदेखि जिल्ला कमिटीसम्म व्यवस्थापन गर्न सहज हुने भयो भन्ने लागेको होला ।’
साहले पनि माओवादीसँग एकता हुनसक्ने बताए । अग्रगामी शक्तिहरुबीच ध्रुवीकरण आवश्यक रहेको भन्दै साहले भन माओवादी पनि अग्रगामी शक्ति हो ।

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर