Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने ओलीको उद्घोष

प्रतिक्षा खबर
२०७९ मंसिर ४, आईतवार १५:०१

नेकपा एमालेका अध्यक्ष एवंपूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने बताएका छन्। भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माविमा मतदान गर्दै उनले यस निर्वाचनबाट एमालेले बहुमत ल्याउने ठोकुवा गरेका हुन्
‘निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउँछ, त्यो नभए एमालेसँग साझेदार गरेका दलहरूसँग मिलेर सरकार बनाउँछौँ,’ अध्यक्ष ओलीले भने, ‘म अहिले यत्ति भन्छु, मन परेको पार्टीका उम्मेदवारलाई भोट हाल्न र मताधिकार प्रयोग गर्न आग्रह गर्छु। निर्वाचनपछि एमालेले बहुमत बनाउनेमा म पूर्ण विश्वस्त छु ।
अध्यक्ष ओलीले जनतालाई आमनिर्वाचनमा सक्रिय सहभागी हुन आग्रहसमेत गरे। केही ठाउँमा बाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘केही स्थानमा अप्रिय घटना भएका छन्, त्यसमा हाम्रो चासो रहेको छ, अप्रिय घटना भएका ठाउँमा निर्वाचन सम्पन्न हुन नसके पुनः मतदान गर्नुपर्ने हुन्छ।’ उनले छिटपुट अप्रिय घटना भए पनि आमरूपमा शान्तिपूर्ण रूपमा, निर्वाध ढंगले निर्वाचन सम्पन्न हुनेमा विश्वस्त रहेको बताए।
अध्यक्ष ओलीले नयाँ दलहरू राष्ट्रिय पार्टी बन्ने अवस्था नरहेको ठोकुवासमेत गरे। उनी झापा ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्। तर, उनको मतदाता नामावली भने भक्तपुरमा रहेको छ। उनले मतदान गरेको क्षेत्रमा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार महेश बस्नेत रहेका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर