Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

महोत्तरी ३ ख का मतदाताको मन मष्तिकमा स्वतन्त्र उम्मेदवार उज्वल कुमार

प्रतिक्षा खबर
२०७९ कार्तिक २९, मंगलवार ००:०२

गोपाल झा

महोत्तरी, कार्तिक २८ गते

महोत्तरी निर्वाचन क्षेत्र ३ ख का मतदाताहरुको मन, मष्तिक र हृदयमा स्वतन्त्र उम्मेदवार ईन्जिनियर उज्वल कुमार छाएका छन् ।

क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार उज्वल कुमार जलेश्वरको दुर्गा चौकमा आयोजना गरीएको कोण सभामा मतदाताहरुको सम्बोधन गर्दै जनताले अब परिबर्तन खोजिरहेको बताउँदै बिभिन्न दलहरुको दलदलबाट जोगीन यहाँका जनता स्वतन्त्र रोज्न तयार भएको बताएका छन् । दलका नेताहरुबाट प्रताडित भएका तमाम जनताले शिक्षित र शासक होईन सेबकको रुपमा आफुलाई मतदान गर्न आतुर रहेको बातएका हुन् ।

भ्रष्टाचार प्रवृतिको अन्त्य, कृषि, शिक्षा, स्वास्थ्य, र पर्यटनजस्त क्षेत्रमा मास्टर प्लान बमोजिमको विकासको काम गर्ने आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै पेशाले ईन्जिनियर रहेको उमेदबार उज्वल कुमार आफ्नो नेतृत्वमा बिरगन्ज स्थित ड्राईपोर्टको निर्माण र महोत्तरीको जलेश्वर मलिवारा भन्सार स्थित समेत सरकारबाट ड्राईपोर्टको स्विकृती गराएको भन्दै देश र जनताको बिकाशको लागी ईन्जिनियर जस्ता पद त्याग गरेर जनताका सेवाका लागी रानितिमा आएको उल्लेख गर्दै देशको अर्थतन्त्र सिमित व्यापारी र भ्रष्ट नेताहरुको चंगुलमा जकडिएकोले आफूजस्ता स्वतन्त्रलाई मतदान गर्नु अहिलेको आवश्यकता रहेको उनले दावी गरे ।

उनले स्वास्थ्य, शिक्षा, खानेपानी, सुरक्षा, रोजगारी र जनतामा सुशासनको पूणर् रुपमा अनुभुती दिने संकल्प बोकेर चुनावी मैदानमा उभिएको बताए । दलका उम्मेदवारहरुले विकासका कार्यहरु केवल निर्वाचनका एजेण्डाकै रुपमा राखेर सधै चुनाव जित्ने दाउपेचमै सिमित राखेको उनको दावी छ ।

उनले देश जालझेल, राजनैतिक वितण्डा, भ्रष्टाचार, बलात्कार, कालाबजारी, बेरोजगारी र कमिशन जस्ता जघन्य अपराधिक गतिविधिबाट आक्रान्त बेनको औल्याए ।

‘जनता बेरोजगारी, महंगी र असुरक्षाबाट जीवन यापन गर्न बाध्य छन् । देशको अर्थतन्त्र सिमित व्यापारी र भ्रष्ट नेताहरुको चंगुलमा जकडिएको छ । यो बिकराल स्थितिबाट देश र जनतालाई उन्मुक्ती दिनका लागि देशै भरीबाट पढेलेखेका, योग्य, सक्षम र स्वतन्त्र युवा नेतृत्वले आफ्नो उपस्थिति देखाउनु आफैमा आशातित क्षण रहेको उमेदबार उज्वलले भने ।

आफूमाथि जनताको ठूलो भरोसा र विश्वास रहेकोले आफ्नो विजयी सुनिश्चित रहेको उनले दावी गरे  ।

महोत्तरीको एकडारा गाउँपालिका-१ का युवा उमेदबार ईन्जिनियर उज्वल कुमार कर्क छाप चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर