गोपाल झा
महोत्तरी ,भदौ ,२२ गते
महोत्तरी जिल्लाको एकडारा गाँउ पालिका- १ एकडारा गाँउमा आज बुधबार आसोज महिनामा दश दिन सम्म गरीने दुर्गा पुजाको लागी बसकट्टी बिधि गर्दै दुर्गा पुजाको विधिवत रुपमा शुभारम्भ भएको छ ।
प्रत्येक वर्ष शरद ऋतूमा आशिन शुक्ल प्रतिपदा तिथि देखी दश दिन सम्म मनाईने शक्तीकी देबी दुर्गा माताको पुजाका लागी बाँस र माटो सहितको प्रतीमा बनाउनका लागी धार्मीक विधी अनुसार आज बुधबार एकडारामा बाँसकट्टी बिधि सम्पन्न भएको छ ।
बाजा गाजाका साथ गाँउका सैकडोको संख्यामा निस्केको पुजारी सहीत श्रधालुहरु दुगाँ भबानीको भजन किर्तन गर्दै बाँस घारीमा बाँसको समेत पुजा गरी बाँस कटेर ल्याए पछी दुर्गा मन्दीरको प्राङ्खणमा ध्वजा रोपण बिधि गर्दै बाँसकटी बिधी सम्पन्न गरीएको छ ।
दुर्गा पुजा सुरु हुनु भन्दा करिब एक महिना पुर्व नै बसकट्टी गरेर विधिवत रुपमा पुजा सुरु गरीने परम्परा अनुसार आज देखी यस बर्षको दुर्गा पुजा सुभारम्भ भएको दुर्गा पुजा समितीका अध्यक्ष रामनाथ साहले जानकारी दिए । एकडारा गाँमा बीगत २१ बर्ष देखी भब्य रुपमा दुर्गा पुजाको आयोजन हुँदै आएको छ ।
दुर्गा मन्दीरको प्राङ्खणमा आजैको दिन देखी बिजया दशमी सम्म भजन किर्तनका साथै विभिन्न पुजापाठ हुने गरेको समेत उनले जानकारी गराएका हुन ।
एकडारामा मनाईने दुर्गा पुजामा षष्ठी सप्तमी, अष्टमी, नवमी र दशमी तिथि सम्म बिशेष पुजा पाठ र बली प्रदानका साथै यस अबसरमा लाग्ने मेलामा विषेश भीडभाड हुने गर्छन ।
दुर्गा मेलाको अवसरमा सांस्कृति प्रोग्राम लगायतका कार्यक्रम समेत हुने गरेको पुजा समितीका अध्यक्ष साहले जानकारी गराए ।








































































































