Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

माओवादीबाट रेखा, सुदन र महिन्द्र मन्त्री बन्दै

प्रतिक्षा खबर
२०७९ पुष २९, शुक्रबार १३:२९

२९ पुस,नेकपा माओवादी केन्द्रले सांसदहरु महिन्द्र राय यादव, रेखा शर्मा र सुदन किरातीलाई मन्त्री बनाउने तयारी गरेको छ ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुसँगको छलफलपछि यी तीन जनालाई मन्त्री बनाउने तयारी गरेको स्रोतले बताएको छ । सत्तारुढ दलहरुबीच माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा ५ जना रहने समझदारी छ ।
माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् । अब माओवादीबाट ३ जनामात्र मन्त्रिपरिषदमा सहभागी हुन पाउँछन् ।
तर, पूर्वसभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट निर्वाचित सांसद माधव सापकोटालाई मन्त्री बनाउन दबाव दिएका छन् । ‘कि आफूलाई उपराष्ट्रपति बनाउनुपर्ने कि सिन्धुपाल्चोकबाट निर्वाचित सुवोध (माधव सापकोटा) लाई मन्त्री बनाउनुपर्ने सर्त राख्नुभएको छ । यस अनुसार डेलिगेसन पनि आएको छ । यस सम्बन्धमा प्रधानमन्त्रीले कसो गर्ने हो भनी राय माग्नुभएको छ’, एक नेताले भने ।
उनले मन्हिन्द्रको ठाउँमा माधवलाई मन्त्री बनाउन दबाबव दिइरहेको ती नेताको दावी छ । महिन्द्र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष हुन् । माओवादी केन्द्र र नेसपाले आम चुनावमा संयुक्त चुनाव चिह्नमा निर्वाचन लडेका थिए । यादवलाई मन्त्री बनाउन नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले दबाव दिइरहेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच मन्त्रालय भागवण्डामा करिब सहमति जुटेको नेताहरु बताउँछन् । नेताहरुका अनुसार एमालेले १० मन्त्रालय पाउनुपर्ने अडान राखिरहेको छ । नागरिक उन्मुक्ति पार्टीले २ वटा मन्त्रालय पाउनुपर्ने माग राखिरहेको छ ।
नागरिक उन्मुक्ति पार्टीलाई २ मन्त्रालय दिएर एमालेले ९ वटा मन्त्रालय लिने गरी समझदारीको प्रयास भइरहेको शीर्ष नेताहरुको छलफलमा सहभागी नेताहरु बताउाछन् ।
माओवादी केन्द्रले ५, रास्वपाले एक राज्यमन्त्रीसहित ४, राप्रपाले ३, जसपाले २ वटा मन्त्रालय लिने विषयमा सत्ता साझेदार दलहरुका बीचमा समझदारी भएको छ ।
शुक्रबार पनि सत्ता साझेदार दलहरुको बैठक बस्दैछ । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार शुक्रबार नै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थियो । तर, भागवण्डाकै कारण केही पर सर्ने भएको छ ।
तथापि, शुक्रबार भागवण्डा र मन्त्रालयको टुंगो लगाएर शनिबार वा आइतबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने प्रयास रहेको सचिवालयले बताएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर