Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

अमेरिकाद्वारा युक्रेनलाई थप

प्रतिक्षा खबर
२०८१ भाद्र ८, शनिबार १८:२४

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँगको वार्ताका क्रममा कियभका लागि १२ करोड ५० लाख डलर मूल्यको थप सैन्य सहयोगको घोषणा गरेका छन् । बाइडेनले युक्रेनका लागि सैन्य सहायताको घोषणा गर्दा आफुलाई गर्व लागेको  विज्ञप्तिमार्फत जनाएका छन् ।

सहयोगमा युक्रेनको महत्वपूर्ण पूर्वाधारको रक्षा गर्न हवाई रक्षा मिसाइल समावेश छन् । अमेरिकाले रूसको विकसित रणनीति विरुद्ध रक्षा गर्न ‘काउन्टर–ड्रोन’ उपकरण र ‘एन्टी–आर्मर’ मिसाइल, युक्रेनी सैनिकको प्रतिरक्षाका लागि गोलाबारुद लगायत मोबाइल रकेट प्रणाली सहयोग गरेको जनाएको छ ।

बाइडेनले अमेरिका युक्रेनी स्वतन्त्र जनताको साथमा रहेको उल्लेख गरे । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सैन्य सहायताको घोषणाको प्रशंसा गर्दै युक्रेनमा विशेष गरी हवाई रक्षाको तत्काल आवश्यकता रहेको सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् ।

अमेरिकाले युक्रेनलाई एक प्रमुख सैन्य समर्थक भई सन् २०२२ फेब्रुअरीमा रूसले आक्रमण सुरु गरेदेखि ५५ अर्ब डलर भन्दा बढी हतियार, गोला बारुद र अन्य सुरक्षा सहायता प्रदान गरिसकेको छ  ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर