Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

जसपा नेपालका संरक्षक महन्थ : आफू राष्ट्रिय सभा उम्मेदवार, छोरी र सम्धिलाई प्रतिनिधि सभा टिकट

प्रतिक्षा खबर
२०८२ माघ ६, मंगलवार १६:५६

जसपा नेपालका संरक्षक महन्थ : आफू राष्ट्रिय सभा उम्मेदवार, छोरी र सम्धिलाई प्रतिनिधि सभा टिकट

जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले छोरी र सम्धिलाई प्रतिनिधि सभाको टिकट दिएका छन् ।

आफू राष्ट्रिय सभामा उम्मेदवार बनेका ठाकुरले आफ्नो संसदीय क्षेत्र महोत्तरी-३ मा छोरी डा. मिनाक्षी ठाकुर र धनुषा-४ मा सम्धि उमाकान्त झालाई टिकट दिएका हुन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र संरक्षक ठाकुरको हस्ताक्षरमा ठाकुरका छोरी मिनाक्षी र सम्धी उमाकान्त (छोरी मिनाक्षीको ससुरा)लाई टिकट दिइएको हो ।

महोत्तरी- ३ मा जसपा नेपालका महासचिव रामकुमार शर्मा र हरिनारायण यादव टिकटका स्वाभाविक दाबेदार थिए । शर्मा र यादवलाई क्षेत्र, जिल्लादेखि सिफारिश गरिएको थियो । शर्माको त टिकट दिन गठित टोलीले पनि सिफारिश गरेको थियो । तर, शर्मा पनि रित्तो हात फर्किएका छन् । धनुषा-४ मा टिकट पाएका महन्थका सम्धि झा भने पूर्वप्रदेश प्रमुख र पूर्वऊर्जा मन्त्रीसमेत हुन् ।

‘यो त परिवारवादको सबैभन्दा भद्दा मजाक भएको छ,’ जसपा नेपालका महोत्तरीका एक नेताले भने, ‘वर्षौंदेखि संगठनमा मेहनत गरेर त्याग गरेका नेताले टिकट पाएनन् । तर, अचानक संरक्षकले आफ्नो छोरीलाई टिकट दिएर लन्च गर्नुभएको छ । यसले जसपालाई थोलो क्षति पुर्‌याउँछ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर