Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

प्रदेश २ मा लोसपाका जनप्रतिनिधिको सनाखत सुरु

प्रतिक्षा खबर
२०७८ भाद्र १५, मंगलवार २०:१६

जनकपुरधाम : नयाँ दल दर्ता गराएका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका लागि आजदेखि प्रदेशस्तरीय सनाखत शुरु भएको छ । मंगलवार नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा छोडेर नयाँ पार्टीमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिहरुले जिल्ला स्थित निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गरेका हुन् ।
पहिलो दिन लोसपाको प्रदेश २ मा स्थानीय तह जनप्रतिनिधिहरुको सनाख्त गरेका छन् । धनुषामा १ सय १२ जनप्रतिनिधि ५४ जना सनाख्त गरेका छन । निर्वाचन आयोगले नयाँ दलमा प्रवेश गरेको जानकारी दिन आफैं निर्वाचन कार्यालय पुगेर सनाखत गर्नुपर्ने व्यवस्था अनुरुप जनप्रतिनिधि स्वयं उपस्थित भएर सनाखत गरेका छन् । त्यस्तो महोत्तरीमा राजपाका २ सय १५ जनप्रतिनिधि रहेकोमा १ सय २ जनाले सनाख्त गरेका छन भने पर्सा र सर्लाहीमा सनाखत हुन सकेको छैन ।
धनुषाको १८ स्थानीय तह मध्ये मेयर÷उपमेयर १२/१२, अध्यक्ष÷उपाध्यक्ष ६/६, वडा सदस्य १ सय ६९ र सदस्यहरु ६ सय ४३ जना गरी ८ सय ४८ जना जनप्रतिनिधि रहेको छ । जसमध्ये तात्कालिन राजपाबाट मेयर/उपमेयर २/२ जना, वडा अध्यक्ष २१ र सदस्यहरु ८७ जना गरी १ सय १२ जना जनप्रतिनिधि रहेको थियो । जसमध्ये जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह राजपाबाट जितेपनि जसपामा गइसकेको छ ।
हालको जसपा रहेको तात्कालिन समाजवादी पार्टीबाट धनुषा जिल्लामा मेयर, उपमेयर र उपाध्यक्ष गरी ३ जना, वडाध्यक्ष २३ र सदस्यहरु १ सय ८ जना गरी १ सय ३४ जना सदस्य रहेको थियो । सपा र राजपा एकीकृत भई जसपा हुँदा धनुषामा मेयर ३, उपमेयर २, अध्यक्ष÷उपाध्यक्ष १÷१ जना, वडा अध्यक्ष ४४ र सदस्यहरु १ सय ९५ गरी कुल २ सय ४६ जना जनप्रतिनिधि रहेको थियो ।
यही भदौ २ गते एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विभाजन भएर महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी भन्ने नयाँ दल दर्ता भएको थियो ।
सो दलहरुलाई निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल सनाख्त गर्न समयावधि दिइएको छ । प्रतिनिधि सभा सदस्य र कार्यकारिणी सदस्यहरुले भदौ ९ गते निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा दल सनाखत गरेका थिए ।
त्यस्तै, एमाले छोडेर एकीकृत समाजवादीमा गएका प्रदेश सांसदहरुले बुधबार निर्वाचन कार्यालय पुगेर सनाखत गर्नेछ भने लोसपाका प्रदेश सांसदहरुले बिहीवार सनाखत गर्नेछ ।
इकागज

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर