Advertisement
ताजा खबर
साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती

सम्सी नाका गाई तस्करीको मुख्य केन्द्र बन्दै

प्रतिक्षा खबर
२०८२ कार्तिक २५, मंगलवार २०:०६

नरेन्द्र महताे- सम्सी

महोत्तरी, सम्सी। महोत्तरीको सम्सी नाका हाल गाई तस्करीको मुख्य केन्द्रका रूपमा परिचित बन्दै गएको छ। रातको समयमा नियमित रूपमा गाई तस्करी हुने गरेको स्थानीय व्यापारीका स्रोत र तस्करीमा संलग्न व्यक्तिहरूका सहयोगीहरूले जानकारी दिएका छन्।

तस्करहरूका अनुसार, यी गाईहरू पहाडी जिल्लाहरूबाट संकलन गरी सिधा सम्सी नाकामार्फत भारतका विभिन्न सहरहरूमा पु-याइन्छ। हाल भारतको बिहार राज्य अन्तर्गत सीतामढी जिल्लाको वेला–कन्हवाँ क्षेत्रमा विधानसभा निर्वाचन भइरहेकाले सीमामा आवागमन केही समयका लागि रोकिएको छ। यस कारण, नेपालतर्फ पर्सा गाउँ क्षेत्रका रुखबिरुवामुनि र गाउँका आडमा गाईहरू लुकाएर राखिएको र रातको समयमा नाका खुल्ने बित्तिकै तस्करहरूले ती गाईहरू पार गर्ने तयारी गरेको बताइन्छ।

तस्करीमा संलग्न व्यक्तिहरूका अनुसार, सीमामा पैसाको चलखेल खुलेआम हुने गरेको छ। “महिनावारी रकम बुझाएपछि गाई लैजान कुनै रोकटोक हुँदैन,” तस्करीसँग सम्बन्धित एक स्रोतले भन्यो। उनका अनुसार, गाई तस्करी नयाँ कुरा होइन — यो कार्य वर्षौँदेखि निरन्तर हुँदै आएको छ।

अहिले बिहारमा चुनावका कारण अस्थायी रूपमा गतिविधि कम भए पनि भारततर्फ गाई पु-याउने काम रोकिएको छैन।
यता सीमाको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बल (एपीएफ) लाई दिइएको छ। रघुनाथपुरमा सशस्त्र प्रहरी डीएसपीको दरबन्दी र सम्सीमा सशस्त्र प्रहरी निरीक्षक स्तरका अधिकारी तैनाथ छन्।

तर स्थानीयवासीका भनाइमा, तिनै सुरक्षाकर्मीहरूको मिलेमतोमा तस्करी सहज रूपमा हुने गरेको छ।
गाईहरू पहाडी क्षेत्रबाट ल्याई गाैशाला, कुठुधार र पर्सा हुँदै भारततर्फ लैजानुअघि नेपाल प्रहरीका चेकपोस्टहरू पार गरिन्छ, तर कुनै रोकावट नहुने गरेको स्थानीयहरूले बताएका छन्। “हामीले आफ्नै आँखाले देख्छौँ— गाईहरू रातारात भारत पस्छन्।

सशस्त्र प्रहरी र अन्य निकायका अधिकारीहरूले नदेखेजस्तो गर्छन्,” एक स्थानीय बासिन्दाले भने।
उनले थपे, “जब सीमामा गाईहरूको सुरक्षा र नियन्त्रण नै हुँदैन भने किन सशस्त्र प्रहरी तैनाथ गरिएको हो? यो विषयमा गृह मन्त्रालय र सशस्त्र प्रहरी मुख्यालयले तुरुन्त ध्यान दिनुपर्छ।”
स्थानीयवासीहरूले सम्सी नाकामा हुने गाई तस्करी नियन्त्रणका लागि प्रभावकारी कारबाही र उच्च तहको अनुगमन गर्न माग गरेका छन्। उनीहरूको भनाइमा, यदि तत्काल कदम नचलाइयो भने सम्सी नाका पूर्ण रूपमा गाई तस्करीको ‘मुख्य गेट’ बन्ने खतरा छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर