Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

कैदीबन्दीलाई कारागार फर्किन आग्रह

प्रतिक्षा खबर
२०८२ भाद्र २५, बुधबार १९:५२

धनवीर महतो । महोत्तरी

कारागार प्रशासन महोत्तरीले कैदीवन्दीलाई बन्दीगृहमा आउन अपील गरेका छन् । कारागार कार्यालय महोत्तरी जलेश्वरले कुनै पनि वाहनामा बनदीगृहबाट वाहिरिएका कैदीबन्दीलाई अवको २४ घण्टाभित्र स्वेच्छाले कारागारमा आउनका लागि आग्रह गरेका छन् ।

आफुखुशी फर्किए उनीहरुलाई कारागारमा विना शर्तमा राखिने कारागार निमित प्रशासक रविनचन्द्र ठाकुरले जनाएको छ । यस समयअवधिभित्र कारागारमा नफर्किनेहरुको हकमा कानुन बमोजिम सजायको व्यवस्था गरिने कारागार प्रशासक ठाकुरले जनाएको छ ।

जेन जी को आन्दोलनको मौका छोपी त्यहाँ रहेका ५७६ जना कैदीबन्दीहरु फरार भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिएका छन् । दिउँसोदेखि बाक्लो संख्यामा वाहिरबाट आएका व्यक्तिहरुको उपस्थितीे अनियन्त्रण हुँदा कैदी वाहिर आउन सफल भएको प्रमु्‌ख जिल्ला अधिकारी रिसालले बताए ।

उनले भने, घटना मंगलवार साँझ करिब ७ बजे भए्‌को हो । करिब ५०० भन्दा बढी लाठीसहितका प्रदर्शनकारीहरूले भित्रका कैदीहरूसँग हातेमालो गरेका थिए । कैदीहरूले भान्सामा प्रयोग हुने दाउराको सहायताले पर्खाल भत्काएर फरार भएका थिए ।

त्यहाँ रहेका ५७७ जना कैदीमध्ये ५७६ जना फरार भएका थिए । बाँकी रहेको १ जनालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर