Advertisement
ताजा खबर
भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

युक्रेनले रुसमा खोल्यो सैन्य कार्यालय

प्रतिक्षा खबर
२०८१ श्रावण ३२, शुक्रबार २१:५९

मस्को । युक्रेनले रुसको पश्चिमी कुर्क्स क्षेत्रमा आफ्नो सैन्य प्रशासनिक कार्यालय स्थापना गरेको छ । आफूहरूले यस बेसबाट रुसमाथि आक्रमण गर्न जारी राखेको युक्रेनका शीर्ष कमान्डर ओलेक्जेन्डर सिस्कीले भनेका छन् ।

ओलेक्सान्द्र सिर्कासिर्की अनुसार पश्चिमी कुर्क्स क्षेत्रमा खोलिएको यो कार्यालयले शान्ति सुरक्षा कायम गर्न र जनताको तत्कालीन आवश्यकता पूरा गर्ने बताइएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा जनरल सिस्कीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा यो कार्यालय बनाएको बताएका छन् ।

यो बैठक युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अध्यक्षतामा भएको थियो । रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले युक्रेनको यो कदमप्रति प्रतिक्रिया दिँदै कुर्क्स क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् । युक्रेनले पनि बिहीबार रुसी क्षेत्रमा आफ्ना सेनाले कब्जा जमाएको दाबी गरेका थिए । जनरल सिर्कासिर्की अनुसार युक्रेनी सैनिकहरू कुर्क्स क्षेत्रमा ३५ किलोमिटर भित्रसम्म घुसेका छन् ।

तिनीहरूले ८२ बस्तीसहित १ हजार १५० वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको बताइएको छ । यो युक्रेनले रुसमाथि गरेको अहिलेसम्मकै सबैभन्दा खतरनाक आक्रमण हो । तर युक्रेनले आफ्नो रुचि रुसको भू–भाग कब्जा गर्न नभएको बताएको छ । यो घुसपैठ शान्ति पुनर्स्थापना गर्न रुसलाई दबाब दिने प्रयासको एक हिस्सा भएको युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता हेओरही टाइखीले बुधबार भनेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर