Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

वीरगञ्जमा जसपा नेपालको विरोध सभा सम्पन्न

प्रतिक्षा खबर
२०८२ पुष १५, मंगलवार १८:५५

वीरगञ्ज, पुस १५ । विभिन्न २८ बुन्दे माग सहित चरणबद्ध आन्दोलन गर्दै आएका जनता समाजवादी पार्टी नेपालले आज वीरगञ्जमा विरोध सभा सम्पन्न गरेको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै मधेशी विद्रोहका बाँकी मागहरु पुरा गराउने उदघोषका साथ जसपा नेपाल मधेश प्रदेश समितिको आयोजनमा विरोधसभा सम्पन्न भएको हो ।

विरोधसभालाई सम्बोधन गर्दै जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रमुख तीन दलका कारण मुलुक गम्भीर आर्थिक, सामाजिक र नैतिक संकटमा फसेको आरोप लगाएका छन । उनले विगत ३५ वर्षदेखि सत्तामा रहेका कांग्रेस र कम्युनिस्टहरूको गलत नीतिका कारण करिब १३५ वटा उद्योग–कलकारखाना बन्द भएको, सरकारी विद्यालय कमजोर बनेको, कृषि क्षेत्र तहसनहस भएको र देश ३३ अर्ब रुपैयाँभन्दा बढी ऋणको बोझमा परेको बताए।

अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र सम्हाल्न सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरे। उनिहहरु शासनकालमा भ्रष्टाचार चरम सीमामा पुगेको उल्लेख गर्दै उनले संविधान संशोधन, भ्रष्टाचार न्यूनीकरण र शिक्षा सुधारका विषय जसपा नेपालले निरन्तर उठाउँदै आए पनि दुईतिहाइको दम्भमा ती मागहरू बेवास्ता गरिएको आरोप लगाए

उनले निराशाका कारण ‘जेन–जी’ युवाहरू विद्रोहमा उत्रिएको, ऐतिहासिक तथा सामरिक महत्वका संरचनामा क्षति पुगेको र नेताहरू भाग्न बाध्य भएको अवस्था सिर्जना भएको बताए। तर वर्तमान सरकारले ती युवाहरूलाई पनि विगतमा मधेशीहरूसँग गरिएझैँ झुक्याउने प्रयास गरिरहेको आरोप लगाए।

अध्यक्ष यादवले जसपा नेपाल निर्वाचनका लागि तयार रहे पनि हालको सरकार निर्वाचन गराउन असक्षम रहेको दाबी गरे। मधेश ८ जिल्लामा सीमित नभई २२ जिल्लासम्म फैलिएको भूगोल भएको उल्लेख गर्दै प्रदेश पुनर्संरचनाका लागि तत्काल संविधान संशोधन आवश्यक रहेको बताए। संविधान पुनर्लेखन नभएसम्म पार्टी संघर्षमै रहने उनको चेतावनी थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर