Advertisement
ताजा खबर
वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो
वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो

मधेश स्वास्थ्य विज्ञापन प्रतिष्ठानको चरम लापरवाही, गुठीको जग्गामा मनोमानी

प्रतिक्षा खबर
२०८१ चैत्र १०, आईतवार ०९:४४

जनकपुरधाम, चैत १० । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले गुठीको जग्गा लिजमा लिएर जग्गा कारोवारीहरुको इसारामा काम गरिरहेको पाइएको छ । प्रतिष्ठानले जनकपुरधाम १३ स्थित मणिमण्डपको पश्चिम पट्टि रहेको गुठीको १८ विघा १२ कठ्ठा १५ धुर २ कनमा जग्गामा केही व्यक्तिलाई फाइदा पुग्ने गरी सडक विस्तार गरेको छ ।

स्थानीयबासीको नाम लिएर गुठीले दुई चार जना व्यक्तिलाई फाइदा पुग्ने हिसावले गरेको कामबाट गुठीलाई करोडौंको नोक्सान भएको छ । गुठी संस्थानबाट लिजमा लिएर कलेज सञ्चालन गर्नकालागि २०७९ जेठ २३ मा केन्द्रीय गुठी र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच सम्झौता भएको छ । तर, सो सम्झौतामा जग्गाको चारै तिर सडक छोड्ने सम्बन्धमा कुनै सम्झौता भएको छैन् ।

तर मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति डा. अंकुर साह र शिक्षाध्यक्ष रामनरेश पण्डिले स्थानीय केही व्यक्तिहरुसंग सो जग्गामा सडक छोड्ने सहमति गरेका छन् । २०८१ फागुन १८ गते जनकपुरधाम उप–महानगरपालिका–१३ का वडाध्यक्ष जीतबहादुर राउत, पूर्व वडाध्यक्ष शुभनारायण मण्डल, प्रतिष्ठानका दुवै पदाधिकारी लगायत १२ जनाको बीचमा एउटा बैठक भयो जसवाट सो जग्गामा सडक खोल्ने सहमति भएको छ । ती १२ जना मध्ये ८ जनाको हस्ताक्षर मात्रै भएको पाइएको छ ।

स्थानीय भरभलादमीको नाम दिएर गरिएको सो बैठकमा कुल १२ जनाको उपस्थिति रह्यो जसमा ४ जनाको हस्ताक्षर (सहमति) नरहेको स्पष्ट हुन्छ ।

प्रतिष्ठनले स्थानीयहरुकोलागि नभई केही व्यक्ति विशेषको लागि सो जग्गामा बाटो खोलेका छन् । बाटो खोल्ने वित्तिक्कै सो क्षेत्रको जग्गाको मुल्य आकाशिएको छ । खेतहरु अहिले खडेरीको मुल्यमा विक्न थालेको छ । त्यसवाट गुठी संस्थान वा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले के फाइदा भयो ? स्थानीयको प्रश्न छ ।

जनकपुरधाम–१३ का वडाध्यक्ष जीतवहादुर राउतले कम्पाउण्डवालको विषयमा आफूलाई जानकारी नरहेको बताएका छन् । उनले सो सडकको बिषयमा सहमति भएको र आफू पनि त्यो बैठकमा रहेको बताए । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो वडामा बनाउन लागेको कलेजले आफ्नो वडाबासी खुशी रहेको सक्दो सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।

स्थानीयबासीहरुलाई पनि सो सडकको बारेमा जानकारी रहेका छैनन् । ‘स्थानीयहरुले त्यसमा सडक बन्छ भनेर आफूहरुलाई जानकारी छैन्’ उनीहरुले भने–‘त्यो सडकबाट हामीहरुलाई के फाइदा, खेतमा अव्यवस्थित घर बनाउने र जग्गाको मुल्य बढाउने हिसावले सडक विस्तार गरेको छ ।’

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले बनाउन लागेको कलेजको जग्गा जानकी मन्दिरको जिराइत अन्तर्गत पर्ने गरेको छ । सो क्षेत्रमा खेतहर जग्गा रहेको छ । तर, यसरी सडक विस्तारले अव्यवस्थित बसोबास बढ्दा खेती योग्य जग्गा बर्वाद हुने स्थानीयबासीको भनाई छ ।

स्रोतका अनुसार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलेनै राजनीतिककर्मी र स्थानीय केही मान्छेलाई बोलाएर सो सहमति गराएका छन् । प्रतिष्ठानका पदाधिकारीहरु जग्गा दलाल संग सेटिङ्ग गरेर सो जग्गामा बाटो खोलेका छन् । खेतको मुल्यमा जग्गा खरिद गरेर सो जग्गालाई घडेरीको मुल्यमा बेच्ने प्रपञ्च रचिएको स्थानीयबासीहरुको भनाई छ ।

गुठीको जग्गामा विस्तार गरिएको सडकको बिषयमा प्रतिक्रिया लिन खोज्दा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति डा. अंकुर साहले फोन रिसिभ गरेनन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर