Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

पूर्वराज्यमन्त्री सराेज सिंह कुश्वाहाले फिर्ता गरेनन् मन्त्रालयको गाडी

प्रतिक्षा खबर
२०७८ भाद्र ३, बिहीबार ११:५२

प्रतिक्षाखबर |
प्रदेश २ का पूर्वराज्यमन्त्रीले पदमा रहँदा प्रयोग गर्दै आएको गाडी तथा सीसीटिभी फिर्ता नगरेको पाइएको छ। प्रदेश २ का पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले पदमा रहँदा प्रयोग गर्ने सुख सुविधा मध्ये मन्त्रालयको गाडी र सीसीटिभी अहिलेसम्म फिर्ता गरेकाे छैन । नेता सराेज सिंह कुश्वहा पावर र सरकारकाे धाक र राेवाब समेत देखाउदै गाडी फिर्ता नगरेकाे कतिकाे बुझाइ रहेका छन ।
राज्य मन्त्रीको हैसियतमा प्राप्त सुविधा अन्तर्गत उनलाई दिइएको गाडी अहिलेसम्म प्रयोग गर्दै आइरहेको मन्त्रालयलमा कार्यरत कर्मचारीहरू बताउँछन्। त्यस्तै आफ्नो निवासमा सुरक्षा प्रयोजनका लागिसमेत मन्त्रालयकै खर्चबाट लगाएको सीसीटिभीसमेत उनले फिर्ता नगरेको आन्तरिक मामिला मन्त्रालयले जनाएको हो। कर्मचारीहरूका अनुसार पटक-पटक गाडी तथा सीसीटिभी फिर्ता गर्न ताकेता गर्दासमेत पूर्वराज्यमन्त्री कुशवाहाले बेवस्ता गर्दै आएका छन्।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव वीरेन्द्र यादवले राज्य मन्त्री कुशवाहाले मन्त्रालयको एउटा गाडी अहिलेसम्म प्रयोग गर्दै आइरहेको र मन्त्रालयलाई नबुझाएको जानकारी दिए।
यता पूर्वराज्य मन्त्री कुश्वाहाले आफूले मन्त्री पदबाट हटे लगत्तै सबै समान फिर्ता गरेको बताएका छन्। ‘कुनै समान बाँकी छ भने मन्त्रालयलाई पत्र पठाएर कुन-कुन सामान मसँग छ भनेर पठाउन आग्रह गर्छु’, उनले भने। तर प्रयाेग गरिरहेकाे गाडी मन्त्रायकाे हाे भन्ने कुरा उहालाइ थाहा नै छैन । जनतालाइ बेकुप बनाउने काम मात्र गर्न खाेजेकाे हाे ।
जसपा सरकारमा नेपाली कांग्रेस तथा माओवादी केन्द्रलाई प्रतिनिधित्व गराउनका लागि जसपाले दुई जना मन्त्रीलाई फिर्ता बोलाएको थियो। त्यसपछि गत साउन २ गते राज्यमन्त्री कुशवाहासमेत मन्त्री पदबाट हटेका थिए।
नेपाल समय

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर